|
|
|
|
|
You Are Here : Home>>Legislation>>Cyber Law 2061 |
| Home | About NTA | Legislation | MIS Report | Public Notice | Links | Miscellaneous | Feedback | Contact Us | Site Map |
|---|
|
Legislation |
|
|
This document is available in Nepali language only (To download full copy Click here) Electronic Transaction Ordinance 2061
स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत वीरेन्द्रमाला महेन्द्रमाला परम नेपालप्रतापभास्कर ओजस्विराजन्य परम गौरवमय तेजस्वी त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद परम प्रोज्ज्वल नेपालतारा परम पवित्र ॐरामपट्ट परम महागौरवमय सुप्रदीप्त वीरेन्द्रप्रजातन्त्रभास्कर परम ज्योतिर्मय सुविख्यात त्रिशक्तिपट्ट परम सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु परमाधिपति अतिरथी परम सेनाधिपति श्री श्री श्री श्री श्रीमन्महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव देवानाम् सदा समरविजयिनाम् । विद्युतीय कारोबार सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश
परिच्छेद
- १
(२) यो अध्यादेश तुरन्त प्रारम्भ हुनेछ । (३) यो अध्यादेश नेपाल अधिराज्यभर लागू हुनेछ र यो अध्यादेशको उल्लंघन गरी कसूर गर्ने जहाँसुकै रहे बसेको व्यक्ति समेतलाई यो अध्यादेश लागू हुनेछ । २.
परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस अध्यादेशमा,- (ख) "इजाजतपत्र" भन्नाले दफा १८ को उपदफा (३) बमोजिम प्राप्त गरेको इजाजतपत्र सम्झनु पर्छ । (ग) "उत्पत्तिकर्ता" भन्नाले विद्युतीय अभिलेख उत्पन्न गर्ने, जम्मा गर्ने वा सम्प्रेषण गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले त्यस्तो कार्य अन्य कुनै व्यक्तिलाई गर्न लगाउने व्यक्ति समेतलाई जनाउँछ । तर
सो शब्दले मध्यस्थकर्ता (इन्टरमिडियरी) लाई जनाउने छैन । (ङ) "कम्प्युटर तथ्याङ्क आधार" (कम्प्युटर डाटावेस) भन्नाले कम्प्युटर, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कमा प्रयोग गर्ने उद्देश्यले अक्षर, छवि, ध्वनि वा श्रव्य दृश्यमा औपचारिक तवरले तयार पारिंदै गरेको वा तयार गरिएको वा कम्प्युटर, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कद्वारा उत्पादन गरिएको सूचना, ज्ञान तथा अवधारणा वा निर्देशनको प्रस्तुतीकरण सम्झनु पर्छ । (च)
"कम्प्युटर नेटवर्क"
भन्नाले एक अर्कासंग
अन्तर-आबद्ध वा सञ्चार
सम्पर्कमा रहेका दुई वा
दुईभन्दा बढी कम्प्युटरहरुको अन्तर-सम्बद्धता सम्झनु
पर्छ । (ज)
"कम्प्युटर सम्पदा" (कम्प्युटर
रिसोर्स) भन्नाले कम्प्युटर,
कम्प्युटर
प्रणाली,
कम्प्युटर नेटवर्क,
तथ्याङ्क,
कम्प्युटर तथ्याङ्क आधार वा
सफ्टवेयर
सम्झनु पर्छ । (ञ) "जोडी साँचो" (की पेयर) भन्नाले कुनै एसिमेटि्रक क्रिप्टोसिस्टममा रहेको निजी साँचो र त्यस्तो साँचोले सिर्जना गर्ने डिजिटल हस्ताक्षरको जाँच सार्वजनिक साँचोले गर्न सक्ने तत्व भएको सो निजी साँचोको गणितीय रुपमा अन्तर आबद्ध सार्वजनिक साँचोको जोडी सम्झनु पर्छ । (ट) "तथ्याङ्क" भन्नाले औपचारिक तवरले तयार गरी कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कमा प्रशोधन गर्ने उद्देश्यले राखिएको वा प्रशोधन गरिएको वा कम्प्युटरको स्मरणमा जम्मा गरिएको जुनसुकै स्वरुपमा रहेका सूचना, ज्ञान, तथ्य, अवधारणा वा निर्देशनको प्रस्तुतीकरण सम्झनु पर्छ । (ठ) "न्यायाधिकरण" भन्नाले दफा ६० बमोजिम गठन भएको सूचना प्रविधि न्यायाधिकरण सम्झनु पर्छ । (ड) "निजी साँचो" (प्राइभेट की) भन्नाले डिजिटल हस्ताक्षर सिर्जना गर्न प्रयोग गरिएको कुनै जोडी साँचोको एक साँचो सम्झनु पर्छ । (ढ) "नियन्त्रक" भन्नाले दफा १३ बमोजिम नियुक्त भएको वा तोकिएको नियन्त्रक सम्झनु पर्छ । (ण)
"डिजिटल हस्ताक्षर"
भन्नाले रुपान्तर नभएको
प्रारम्भिक विद्युतीय अभिलेख
र हस्ताक्षरकारीको सार्वजनिक
साँचो भएको व्यक्तिले देहायका कुरा दुरुस्तसँग
निर्धारण गर्न सक्ने
किसिमका एसिमेटि्रक क्रिप्टोसिस्टम प्रयुक्त भएको विद्युतीय
अभिलेखको रुपान्तरणमा
समावेश हुने कुनै विद्युतीय स्वरुपमा गरिएको हस्ताक्षर सम्झनु
पर्छः- (त) "पहुँच" (एक्सेस) भन्नाले कुनै कम्प्युटर, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कको तार्किक, अङ्कगणितीय वा स्मरण कार्य सम्पदाहरुमा प्रवेश प्राप्त गर्ने, त्यस्ता सम्पदाहरुलाई निर्देशन दिने वा त्यस्ता सम्पदाहरुसंग सञ्चार सर्म्पर्क गर्न सक्ने अवसर सम्झनु पर्छ । (थ) "पुनरावेदन न्यायाधिकरण" भन्नाले दफा ६६ बमोजिम गठन भएको सूचना प्रविधि पुनरावेदन न्यायाधिकरण सम्झनु पर्छ । (द) "प्रमाणपत्र" भन्नाले दफा ३० बमोजिम प्रमाणीकरण गर्ने निकायले जारी गरेको डिजिटल हस्ताक्षर प्रमाणपत्र सम्झनु पर्छ । (ध)
"प्रमाणीकरण अभ्यास विवरणपत्र"
(सर्टिफिकेशन प्राक्टिस
स्टेटमेण्ट)
भन्नाले डिजिटल हस्ताक्षर
प्रमाणपत्र जारी गर्दा प्रमाणीकरण गर्ने निकायले लागू
गर्ने अभ्यासहरु
निश्चित गर्न प्रमाणीकरण गर्ने निकायद्वारा जारी गरिएको कुनै
विवरणपत्र सम्झनु पर्छ
। तर सो शब्दले मध्यस्थकर्ता (इन्टरमिडीयरी) लाई जनाउने छैन । (फ) "विद्युतीय अभिलेख" (इलेक्ट्रोनिक रेकर्ड) भन्नाले विद्युतीय स्वरुपको कुनै माध्यमबाट सिर्जना गरी सम्प्रेषण गरिएका, प्राप्त गरिएका वा जम्मा गरिएका तथ्याङ्क, अभिलेख, छवि वा ध्वनि सम्झनु पर्छ । (ब)
"विद्युतीय स्वरुप" (इलेक्ट्रोनिक
र्फम) भन्नाले कुनै चुम्बकीय,
दृश्यगत,
कम्प्युटर स्मरण वा अन्य
त्यस्तै प्रकारका कुनै संयन्त्रको माध्यमबाट सिर्जना गरी
सम्प्रेषण गरिएका,
प्राप्त गरिएका वा जम्मा
गरिएका सूचनाको स्वरुप सम्झनु पर्छ । (म)
"सूचना"
भन्नाले तथ्याङ्क,
अक्षरमा लिपिबद्ध गरिएको
विवरण, छवि,
ध्वनि,
सङ्केत चिन्ह,
कम्प्युटर कार्यक्रम,
सफ्टवेयर र कम्प्युटर
तथ्याङ्क आधार सम्झनु
पर्छ । (व) "सरकारी निकाय" भन्नाले श्री ५ को सरकारको मन्त्रालय, सचिवालय, विभाग वा सो अन्तर्गतका कार्यालय, सम्वैधानिक निकाय वा सो अन्तर्गतका कार्यालय अदालत वा न्यायाधिकरण वा शाही नेपाली सेनाको कार्यालय सम्झनु पर्छ र सो शब्दले त्यस्तै प्रकृतिका अन्य कार्यालय समेतलाई जनाउनेछ । (श)
"सार्वजनिक संस्था"
भन्नाले देहायको संस्था
सम्झनु पर्छः- (ष) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यस अध्यादेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्दछ ।
परिच्छेद - २ ३. विद्युतीय अभिलेखको प्रामाणिकताः (१) यस दफाको अधीनमा रही कुनै पनि ग्राहकले आफ्नो डिजिटल हस्ताक्षरद्वारा कुनै विद्युतीय अभिलेखलाई प्रामाणिकता प्रदान गर्न सक्नेछ । (२)
उपदफा (१) बमोजिम विद्युतीय अभिलेखलाई प्रामाणिकता प्रदान गर्ने कार्य
गर्दा त्यस्तो
विद्युतीय अभिलेख अर्को विद्युतीय अभिलेखमा हस्तान्तरण हुने कार्य
एसिमेटि्रक
क्रिप्टोसिस्टम र हृयास फङ्कशनको प्रयोगबाट भएको हुन आवश्यक हुनेछ ।
(३) कुनै पनि व्यक्तिले ग्राहकको सार्वजनिक साँचोको प्रयोग गरी विद्युतीय अभिलेखको सम्पुष्टि गर्न सक्नेछ । ४. विद्युतीय अभिलेखको कानूनी मान्यताः प्रचलित कानूनमा कुनै सूचना, लिखत, अभिलेख वा अन्य कुनै कुरा लिखित वा मुद्रित रुपमा राखिएको वा टाइप गरिएको हुनुपर्ने भनी उल्लेख गरिएको भए तापनि त्यस्ता सूचना, लिखत, अभिलेख वा कुरा यो अध्यादेश वा यस अध्यादेश अन्तर्गत बनेको नियममा उल्लिखित प्रक्रिया पूरागरी विद्युतीय अभिलेखको रुपमा राखिएको भए त्यस्तो विद्युतीय अभिलेखले पनि कानूनी मान्यता प्राप्त गर्नेछ । ५. डिजिटल हस्ताक्षरको कानूनी मान्यताः प्रचलित कानूनमा कुनै सूचना, लिखत, अभिलेख वा अन्य कुनै कुरालाई हस्ताक्षरद्वारा प्रमाणित गर्नुपर्ने वा कुनै लिखतमा कुनै व्यक्तिको हस्ताक्षर गरिएको हुनुपर्ने भनी उल्लेख गरिएको भए तापनि त्यस्ता सूचना, लिखत, अभिलेख वा कुरा यो अध्यादेश वा यस अध्यादेश अन्तर्गत बनेको नियममा उल्लिखित प्रक्रिया पूरा गरी डिजिटल हस्ताक्षरद्वारा प्रमाणित गरिएको भए त्यस्तो डिजिटल हस्ताक्षरले पनि कानूनी मान्यता प्राप्त गर्नेछ । ६.
विद्युतीय अभिलेख सुरक्षित राख्नुपर्नेः प्रचलित कानूनमा कुनै सूचना,
लिखत
वा अभिलेख कुनै खास
अवधिसम्म सुरक्षित राख्नु पर्ने भनी उल्लेख गरिएको भए देहायका
शर्तहरु पूरा हुने गरी
त्यस्ता सूचना, लिखत
वा अभिलेख विद्युतीय स्वरुपमा सुरक्षित
राखिएमा त्यस्ता सूचना,
लिखत वा अभिलेखले कानूनी
मान्यता प्राप्त गर्नेछ:- तर
कुनै अभिलेख सम्प्रेषण गर्ने वा प्राप्त गर्ने प्रयोजनको लागि स्वचालित
रुपमा सिर्जना हुने
कुनै सूचनाको सम्बन्धमा यो खण्डको व्यवस्था लागू हुने छैन । (क) विद्युतीय स्वरुपमा पहिलो पटक सिर्जना गरिएको समयदेखि सो अभिलेखमा कुनै पनि किसिमबाट परिवर्तन गरिएको छैन भनी विश्वास गर्न सकिने तोकिए बमोजिमको आधार विद्यमान भएमा, (ख) त्यस्तो अभिलेखलाई कुनै व्यक्ति समक्ष पेश गर्नुपर्ने गरी अनिवार्य गरिएको अवस्थामा सो अभिलेखलाई जसका समक्ष पेश गरिनुपर्ने हो सो व्यक्तिलाई स्पष्ट रुपमा देखाउन सकिने प्रकृतिको भएमा । ८. सुरक्षित विद्युतीय अभिलेखः तोकिए बमोजिमको सुरक्षण कार्यविधि अपनाई सिर्जना गरिएको विद्युतीय अभिलेखमा कुनै किसिमको हेरफेर गरिएको छ वा छैन भन्ने कुराको सम्बन्धमा तोकिए बमोजिम परीक्षण गरिएको भए त्यस्तो विद्युतीय अभिलेखलाई सुरक्षित विद्युतीय अभिलेख मानिनेछ । ९. सुरक्षित डिजिटल हस्ताक्षरः कुनै विद्युतीय अभिलेखमा गरिएको डिजिटल हस्ताक्षरलाई तोकिए बमोजिमको सुरक्षण कार्यविधि अपनाई तोकिए बमोजिम परीक्षण र सम्पुष्टि गरिएको भए त्यस्तो डिजिटल हस्ताक्षरलाई सुरक्षित डिजिटल हस्ताक्षर मानिनेछ ।
परिच्छेद - ३
|