तपाईं यहां हुनुहुन्छ >> घर >> कानून >> विद्युतिय (इलेक्ट्रोनिक) कारोवार अध्यादेश २०६१

घर ने.दू.प्रा. को बारेमा कानून एम.आइ.एस रिपोर्ट सार्वजनिक सूचना लिंक विविध प्रतिक्रिया सम्पर्क गर्नुहोस साइट म्याप
Website in English

कानून

मेल चेक गर्नुहोस
 

 

 

 

अध्यादेशहरू
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार अध्यादेश २०६१
नीतिहरु
दूरसञ्चार नीति, २०६
सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति, २०५९
राष्ट्रिय सञ्चार नीति, २०४९
सूचना तथा प्रविधि नीति २०५७
ऐन
दूरसञ्चार ऐन, २०५३
राष्ट्रिय प्रसारण ऐन, २०४९
सञ्चार संस्थान ऐन, २०२८
रेडियो ऐन, २०१४
उपभोक्ता संरक्षण ऐन, २०५४
नियमावली
दूरसञ्चार नियमावली, २०५४
रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९
राष्ट्रिय प्रसारण नियमावली, २०५२
उपभोक्ता संरक्षण नियमावली, २०५६
नेपाल दूरसंचार प्राधिकरणको (कार्यविधि सम्बन्धी) नियमावली २०५९
अन्तर्राष्ट्रिय दूरसंचार संघ रेडियो रेगुलेशन
Guidelines
शुल्क स्वीकृती निर्देशिका
अन्तर्आवद्दता निर्देशीका
अनुमतीपत्र प्रक्रिया

पूरा प्रतिको लागि यहां थिच्नुहोस्

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार अध्यादेश, २०६१

 परिच्छेद -  प्रारम्भिक
 परिच्छेद -  
विद्युतीय अभिलेख तथा डिजिटल हस्ताक्षर सम्बन्धी व्यवस्था
परिच्छेद - विद्युतीय अभिलेखको सम्प्रेषण, प्राप्ति र स्वीकार सम्बन्धी व्यवस्था
परिच्छेद -  नियन्त्रक तथा प्रमाणीकरण गर्ने निकाय सम्बन्धी व्यवस्था
परिच्छेद -  डिजिटल हस्ताक्षर तथा प्रमाणपत्र सम्बन्धी व्यवस्था
परिच्छेद - ग्राहकको काम, कर्तव्य र अधिकार
परिच्छेद - विद्युतीय अभिलेख र डिजिटल हस्ताक्षरको सरकारी प्रयोग
परिच्छेद -  नेटवर्क सेवा सम्बन्धी व्यवस्था
परिच्छेद -  कम्प्युटर सम्बन्धी कसूर
परिच्छेद - १० सूचना प्रविधि न्यायाधिकरण सम्बन्धी व्यवस्था
परिच्छेद - ११ सूचना प्रविधि पुनरावेदन न्यायाधिकरण सम्बन्धी व्यवस्था
 परिच्छेद - १२ विविध

 

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत वीरेन्द्रमाला महेन्द्रमाला परम नेपालप्रतापभास्कर ओजस्विराजन्य परम गौरवमय तेजस्वी त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद परम प्रोज्ज्वल नेपालतारा परम पवित्र ॐरामपट्ट परम महागौरवमय सुप्रदीप्त वीरेन्द्रप्रजातन्त्रभास्कर परम ज्योतिर्मय सुविख्यात त्रिशक्तिपट्ट परम सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु परमाधिपति अतिरथी परम सेनाधिपति श्री श्री श्री श्री श्रीमन्महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव देवानाम् सदा समरविजयिनाम् ।

विद्युतीय कारोबार सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश


 प्रस्तावनाः विद्युतीय तथ्याङ्क आदान-प्रदानको माध्यमबाट वा अन्य कुनै विद्युतीय सञ्चार माध्यमबाट हुने कारोबारलाई भरपर्दो र सुरक्षित बनाई विद्युतीय अभिलेखको सिर्जना, उत्पादन, प्रशोधन, सञ्चय, प्रवाह तथा सम्प्रेषण प्रणालीको मान्यता, सत्यता, अखण्डता र विश्वसनीयतालाई प्रमाणीकरण तथा नियमित गर्ने व्यवस्था गर्न र विद्युतीय अभिलेखलाई अनधिकृत तबरबाट प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैरकानूनी तवरबाट परिवर्तन गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि तत्काल कानूनी व्यवस्था गर्न वाञ्छनीय भएको र हाल संसदको अधिवेशन नभएकोले, श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ७२ अनुसार यो अध्यादेश जारी गरिबक्सेको छ ।

माथि

 परिच्छेद - १
 प्रारम्भिक


 १. संक्षिप्त नाम, विस्तार र प्रारम्भः (१) यस अध्यादेशको नाम "विद्युतीय (इलेक्ट्रोनिक) कारोबार अध्यादेश, २०६१" रहेको छ ।

 (२) यो अध्यादेश तुरन्त प्रारम्भ हुनेछ ।

 (३) यो अध्यादेश नेपाल अधिराज्यभर लागू हुनेछ र यो अध्यादेशको उल्लंघन गरी कसूर गर्ने जहाँसुकै रहे बसेको व्यक्ति समेतलाई यो अध्यादेश लागू हुनेछ ।

 २. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस अध्यादेशमा,-
 (क) "एसिमेटि्रक क्रिप्टोसिस्टम" भन्नाले डिजिटल हस्ताक्षर सृजना गर्ने निजी साँचो र डिजिटल हस्ताक्षरको सम्पुष्टि गर्ने सार्वजनिक साँचो समावेश भएको एक सुरक्षित जोडी साँचो उत्पन्न गर्ने प्रणाली सम्झनु पर्छ ।

 (ख) "इजाजतपत्र" भन्नाले दफा १८ को उपदफा (३) बमोजिम प्राप्त गरेको इजाजतपत्र सम्झनु पर्छ ।

 (ग) "उत्पत्तिकर्ता" भन्नाले विद्युतीय अभिलेख उत्पन्न गर्ने, जम्मा गर्ने वा सम्प्रेषण गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले त्यस्तो कार्य अन्य कुनै व्यक्तिलाई गर्न लगाउने व्यक्ति समेतलाई जनाउँछ ।

 तर सो शब्दले मध्यस्थकर्ता (इन्टरमिडियरी) लाई जनाउने छैन ।
 (घ) "कम्प्युटर" भन्नाले विद्युत-चुम्बकीय वा दृश्यगत आवेगहरु परिचालन गरेर तार्किक, अङ्कगणितीय र स्मरणगत कार्य सम्पादन गर्ने विद्युत-चुम्बकीय, दृश्यगत वा अन्य उच्च गतिको तथ्याङ्क प्रशोधन गर्ने संयन्त्र वा प्रणाली सम्झनु पर्छ र सो शब्दले कुनै कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कमा कम्प्युटरसँग जोडिएका वा सम्बद्ध रहेका सम्पूर्ण आगत (इन्पुट), निर्गत (आउटपुट), प्रशोधन, सञ्चय गर्ने कार्य तथा कम्प्युटर सफ्टवेयर वा सञ्चार सुविधा समेतलाई जनाउँछ ।

 (ङ) "कम्प्युटर तथ्याङ्क आधार" (कम्प्युटर डाटावेस) भन्नाले कम्प्युटर, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कमा प्रयोग गर्ने उद्देश्यले अक्षर, छवि, ध्वनि वा श्रव्य दृश्यमा औपचारिक तवरले तयार पारिंदै गरेको वा तयार गरिएको वा कम्प्युटर, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कद्वारा उत्पादन गरिएको सूचना, ज्ञान तथा अवधारणा वा निर्देशनको प्रस्तुतीकरण सम्झनु पर्छ ।

 (च) "कम्प्युटर नेटवर्क" भन्नाले एक अर्कासंग अन्तर-आबद्ध वा सञ्चार सम्पर्कमा रहेका दुई वा दुईभन्दा बढी कम्प्युटरहरुको अन्तर-सम्बद्धता सम्झनु पर्छ ।
 (छ) "कम्प्युटर प्रणाली" भन्नाले आगत र निर्गत सहायता संयन्त्रहरु लगायतको कम्प्युटर कार्यक्रमहरु, विद्युतीय निर्देशनहरु, आगत र निर्गत तथ्याङ्कहरु समाविष्ट भएको र तार्किक, अंकगणितीय, तथ्याङ्क संचय तथा पुनः प्राप्ति, सञ्चार र नियन्त्रण लगायतका कार्यहरु सम्पादन गर्ने कुनै संयन्त्र वा संयन्त्रको समूह सम्झनु पर्छ ।

 (ज) "कम्प्युटर सम्पदा" (कम्प्युटर रिसोर्स) भन्नाले कम्प्युटर, कम्प्युटर प्रणाली, कम्प्युटर नेटवर्क, तथ्याङ्क, कम्प्युटर तथ्याङ्क आधार वा सफ्टवेयर सम्झनु पर्छ ।
 (झ) "ग्राहक" (सब्स्क्राइवर) भन्नाले दफा ३१ को उपदफा (३) बमोजिम प्रमाणपत्र प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ ।

 (ञ) "जोडी साँचो" (की पेयर) भन्नाले कुनै एसिमेटि्रक क्रिप्टोसिस्टममा रहेको निजी साँचो र त्यस्तो साँचोले सिर्जना गर्ने डिजिटल हस्ताक्षरको जाँच सार्वजनिक साँचोले गर्न सक्ने तत्व भएको सो निजी साँचोको गणितीय रुपमा अन्तर आबद्ध सार्वजनिक साँचोको जोडी सम्झनु पर्छ ।

 (ट) "तथ्याङ्क" भन्नाले औपचारिक तवरले तयार गरी कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कमा प्रशोधन गर्ने उद्देश्यले राखिएको वा प्रशोधन गरिएको वा कम्प्युटरको स्मरणमा जम्मा गरिएको जुनसुकै स्वरुपमा रहेका सूचना, ज्ञान, तथ्य, अवधारणा वा निर्देशनको प्रस्तुतीकरण सम्झनु पर्छ ।

 (ठ) "न्यायाधिकरण" भन्नाले दफा ६० बमोजिम गठन भएको सूचना प्रविधि न्यायाधिकरण सम्झनु पर्छ ।

 (ड) "निजी साँचो" (प्राइभेट की) भन्नाले डिजिटल हस्ताक्षर सिर्जना गर्न प्रयोग गरिएको कुनै जोडी साँचोको एक साँचो सम्झनु पर्छ ।

 (ढ) "नियन्त्रक" भन्नाले दफा १३ बमोजिम नियुक्त भएको वा तोकिएको नियन्त्रक सम्झनु पर्छ ।

 (ण) "डिजिटल हस्ताक्षर" भन्नाले रुपान्तर नभएको प्रारम्भिक विद्युतीय अभिलेख र हस्ताक्षरकारीको सार्वजनिक साँचो भएको व्यक्तिले देहायका कुरा दुरुस्तसँग निर्धारण गर्न सक्ने किसिमका एसिमेटि्रक क्रिप्टोसिस्टम प्रयुक्त भएको विद्युतीय अभिलेखको रुपान्तरणमा समावेश हुने कुनै विद्युतीय स्वरुपमा गरिएको हस्ताक्षर सम्झनु पर्छः-
 (१) हस्ताक्षरकर्ताको सार्वजनिक साँचोसँग सङ्गति राख्ने किसिमको निजी साँचो प्रयोग गरेर विद्युतीय अभिलेखको रुपान्तरणको सिर्जना गरिएको थियो वा थिएन,
 (२) विद्युतीय अभिलेखको रुपान्तरण गरिएदेखि प्रारम्भिक विद्युतीय अभिलेख परिवर्तन गरिएको छ वा छैन ।

 (त) "पहुँच" (एक्सेस) भन्नाले कुनै कम्प्युटर, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कको तार्किक, अङ्कगणितीय वा स्मरण कार्य सम्पदाहरुमा प्रवेश प्राप्त गर्ने, त्यस्ता सम्पदाहरुलाई निर्देशन दिने वा त्यस्ता सम्पदाहरुसंग सञ्चार सर्म्पर्क गर्न सक्ने अवसर सम्झनु पर्छ ।

 (थ) "पुनरावेदन न्यायाधिकरण" भन्नाले दफा ६६ बमोजिम गठन भएको सूचना प्रविधि पुनरावेदन न्यायाधिकरण सम्झनु पर्छ ।

 (द) "प्रमाणपत्र" भन्नाले दफा ३० बमोजिम प्रमाणीकरण गर्ने निकायले जारी गरेको डिजिटल हस्ताक्षर प्रमाणपत्र सम्झनु पर्छ ।

 (ध) "प्रमाणीकरण अभ्यास विवरणपत्र" (सर्टिफिकेशन प्राक्टिस स्टेटमेण्ट) भन्नाले डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्दा प्रमाणीकरण गर्ने निकायले लागू गर्ने अभ्यासहरु निश्चित गर्न प्रमाणीकरण गर्ने निकायद्वारा जारी गरिएको कुनै विवरणपत्र सम्झनु पर्छ ।
 (न) "प्रमाणीकरण गर्ने निकाय" भन्नाले डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्न दफा १८ को उपदफा (३) बमोजिम इजाजतपत्र प्राप्त प्रमाणीकरण गर्ने निकाय सम्झनु पर्छ
 (प) "प्रापक" भन्नाले उत्पत्तिकर्ताको चाहना अनुरुप सम्प्रेषण गरिएका विद्युतीय अभिलेख प्राप्त गर्ने व्यक्ति सम्झनु पर्छ ।

 तर सो शब्दले मध्यस्थकर्ता (इन्टरमिडीयरी) लाई जनाउने छैन ।

 (फ) "विद्युतीय अभिलेख" (इलेक्ट्रोनिक रेकर्ड) भन्नाले विद्युतीय स्वरुपको कुनै माध्यमबाट सिर्जना गरी सम्प्रेषण गरिएका, प्राप्त गरिएका वा जम्मा गरिएका तथ्याङ्क, अभिलेख, छवि वा ध्वनि सम्झनु पर्छ ।

 (ब) "विद्युतीय स्वरुप" (इलेक्ट्रोनिक र्फम) भन्नाले कुनै चुम्बकीय, दृश्यगत, कम्प्युटर स्मरण वा अन्य त्यस्तै प्रकारका कुनै संयन्त्रको माध्यमबाट सिर्जना गरी सम्प्रेषण गरिएका, प्राप्त गरिएका वा जम्मा गरिएका सूचनाको स्वरुप सम्झनु पर्छ ।
 (भ) "सार्वजनिक साँचो" (पब्लिक की) भन्नाले डिजिटल हस्ताक्षरको सम्पुष्टि गर्न प्रयोग गरिएको कुनै जोडी साँचोको एक साँचो सम्झनु पर्छ ।

 (म) "सूचना" भन्नाले तथ्याङ्क, अक्षरमा लिपिबद्ध गरिएको विवरण, छवि, ध्वनि, सङ्केत चिन्ह, कम्प्युटर कार्यक्रम, सफ्टवेयर र कम्प्युटर तथ्याङ्क आधार सम्झनु पर्छ ।
 (य) "सूचना प्रणाली" भन्नाले सूचना सिर्जना गर्ने, उत्पादन गर्ने, सम्प्रेषण गर्ने, प्राप्त गर्ने, जम्मा गर्ने, पर््रदर्शन गर्ने वा अन्य किसिमबाट प्रशोधन गर्ने प्रणाली सम्झनु पर्छ ।
 (र) "सफ्टवेयर" भन्नाले कम्प्युटर हार्डवेयर संचालन गर्ने क्षमता भएको सिस्टम सफ्टवेयर र अप्लिकेशन सफ्टवेयर जस्ता कम्प्युटर प्रणालीको कुनै खास अंश सम्झनु पर्छ ।
 (ल) "कम्प्युटर सामाग्री" भन्नाले कम्प्युटर सम्पदा, कुनै संस्थाले आफ्नो  व्यवसायमा प्रयोग गरेका सूचना, त्यस्तो संस्थाले तयार वा खरिद गरेका सफ्टवेयर जस्ता सामाग्री, हार्डवेयर तथा कम्प्युटर नेटवर्क जस्ता प्रविधि सम्झनु पर्छ ।

 (व) "सरकारी निकाय" भन्नाले श्री ५ को सरकारको मन्त्रालय, सचिवालय, विभाग वा सो अन्तर्गतका कार्यालय, सम्वैधानिक निकाय वा सो अन्तर्गतका कार्यालय अदालत वा न्यायाधिकरण वा शाही नेपाली सेनाको कार्यालय सम्झनु पर्छ र सो शब्दले त्यस्तै प्रकृतिका अन्य कार्यालय समेतलाई जनाउनेछ ।

 (श) "सार्वजनिक संस्था" भन्नाले देहायको संस्था सम्झनु पर्छः-
 (१) श्री ५ को सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण भएको कम्पनी, बैङ्क वा समिति वा प्रचलित कानूनबमोजिम श्री ५ को सरकारद्वारा स्थापित आयोग, संस्था, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र यस्तै प्रकृतिका अन्य सङ्गठित संस्था,
 (२) श्री ५ को सरकारद्वारा सञ्चालित वा श्री ५ को सरकारको पूर्णा वा आंशिक अनुदान प्राप्त विश्वविद्यालय, विद्यालय, अनुसन्धान केन्द्र र अन्य त्यस्तै प्राज्ञिक वा शैक्षिक संस्था,
 (३) स्थानीय स्वायत्त शासन ऐन, २०५५ बमोजिम गठित स्थानीय निकाय,
 (४) श्री ५ को सरकारको ऋण, अनुदान वा जमानतमा सञ्चालित संस्था,
 (५) उपखण्ड (१), (२), (३) वा (४) मा उल्लिखित संस्थाको पूर्ण वा आंशिक स्वामित्व भएको वा नियन्त्रण रहेको वा त्यस्तो संस्थाबाट अनुदान प्राप्त संस्था,
 (६) श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक संस्था भनी तोकेको अन्य संस्था ।

 (ष) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यस अध्यादेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्दछ ।

माथि

परिच्छेद -  २
 विद्युतीय अभिलेख तथा डिजिटल हस्ताक्षर सम्बन्धी व्यवस्था
 

 ३. विद्युतीय अभिलेखको प्रामाणिकताः (१) यस दफाको अधीनमा रही कुनै पनि ग्राहकले आफ्नो  डिजिटल हस्ताक्षरद्वारा कुनै विद्युतीय अभिलेखलाई प्रामाणिकता प्रदान गर्न सक्नेछ ।

 (२) उपदफा (१) बमोजिम विद्युतीय अभिलेखलाई प्रामाणिकता प्रदान गर्ने कार्य गर्दा त्यस्तो विद्युतीय अभिलेख अर्को विद्युतीय अभिलेखमा हस्तान्तरण हुने कार्य एसिमेटि्रक क्रिप्टोसिस्टम र हृयास फङ्कशनको प्रयोगबाट भएको हुन आवश्यक हुनेछ ।
 स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "हृयास फङ्कशन" भन्नाले उही अभिलेखलाई आगतको रुपमा प्रयोग गरी प्रत्येक पटक अलगोरिदमलाई कार्यान्वयन गर्दा कुनै अभिलेखबाट उही रुपमा हृयास परिणाम निस्कने, अलगोरिदमबाट उत्पन्न हृयास परिणामबाट कुनै अभिलेख प्राप्त गर्न वा पुनः संरचना गर्न सकिने भन्ने कुरा गणनाको दृष्टिबाट सम्भव नहुने र अलगोरिदम प्रयोग गरी उही हृयास परिणाम उत्पन्न गर्ने दुई अभिलेखहरु प्राप्त गर्न गणनाको दृष्टिबाट सम्भव नहुने गरी अलगोरिदमको नक्साङ्कन गर्ने वा बिटहरुको एउटा श्रृङ्खलाबद्ध क्रमलाई सामान्यतया सानो अर्को समूहमा रुपान्तर गर्ने कार्य सम्झनु पर्छ ।

 (३) कुनै पनि व्यक्तिले ग्राहकको सार्वजनिक साँचोको प्रयोग गरी विद्युतीय अभिलेखको सम्पुष्टि गर्न सक्नेछ ।

 ४. विद्युतीय अभिलेखको कानूनी मान्यताः प्रचलित कानूनमा कुनै सूचना, लिखत, अभिलेख वा अन्य कुनै कुरा लिखित वा मुद्रित रुपमा राखिएको वा टाइप गरिएको हुनुपर्ने भनी उल्लेख गरिएको भए तापनि त्यस्ता सूचना, लिखत, अभिलेख वा कुरा यो अध्यादेश वा यस अध्यादेश अन्तर्गत बनेको नियममा उल्लिखित प्रक्रिया पूरागरी विद्युतीय अभिलेखको रुपमा राखिएको भए त्यस्तो विद्युतीय अभिलेखले पनि कानूनी मान्यता प्राप्त गर्नेछ ।

 ५. डिजिटल हस्ताक्षरको कानूनी मान्यताः प्रचलित कानूनमा कुनै सूचना, लिखत, अभिलेख वा अन्य कुनै कुरालाई हस्ताक्षरद्वारा प्रमाणित गर्नुपर्ने वा कुनै लिखतमा कुनै व्यक्तिको हस्ताक्षर गरिएको हुनुपर्ने भनी उल्लेख गरिएको भए तापनि त्यस्ता सूचना, लिखत, अभिलेख वा कुरा यो अध्यादेश वा यस अध्यादेश अन्तर्गत बनेको नियममा उल्लिखित प्रक्रिया पूरा गरी डिजिटल हस्ताक्षरद्वारा प्रमाणित गरिएको भए त्यस्तो डिजिटल हस्ताक्षरले पनि कानूनी मान्यता प्राप्त गर्नेछ ।

 ६. विद्युतीय अभिलेख सुरक्षित राख्नुपर्नेः प्रचलित कानूनमा कुनै सूचना, लिखत वा अभिलेख कुनै खास अवधिसम्म सुरक्षित राख्नु पर्ने भनी उल्लेख गरिएको भए देहायका शर्तहरु पूरा हुने गरी त्यस्ता सूचना, लिखत वा अभिलेख विद्युतीय स्वरुपमा सुरक्षित राखिएमा त्यस्ता सूचना, लिखत वा अभिलेखले कानूनी मान्यता प्राप्त गर्नेछ:-
 (क) पछिल्ला प्रसङ्गहरुमा प्रयोग गर्नसकिने गरी पहूँचयोग्य अवस्थामा राखिएको भएमा,
 (ख) शुरुमा सिर्जना गरी सम्प्रेषण गरिएको, प्राप्त गरिएको वा जम्मा गरिएको अवस्था कै रुपमा पुनः दुरुस्त रुपमा प्रस्तुत गर्ने गरी प्रदर्शन गर्न सकिने ढाँचामा सुरक्षित राखिएको भएमा,
 (ग) उत्पत्ति, गन्तव्य र सम्प्रेषण वा प्राप्तिको मिति तथा समय पहिचान गर्न सकिने विवरण उपलब्ध हुने गरी राखिएको भएमा ।

 तर कुनै अभिलेख सम्प्रेषण गर्ने वा प्राप्त गर्ने प्रयोजनको लागि स्वचालित रुपमा सिर्जना हुने कुनै सूचनाको सम्बन्धमा यो खण्डको व्यवस्था लागू हुने छैन ।
 ७. कुनै अभिलेखको सक्कल पेश गर्नुपर्ने आवश्यकता विद्युतीय अभिलेखले पूरा गर्नेः प्रचलित कानूनले कुनै अभिलेखलाई त्यसको मूल वा सक्कल रुपमा पेश गर्नुपर्ने वा सुरक्षित राख्नुपर्ने भनी तोकेको अवस्थामा देहायका शर्त पूरा भएमा त्यस्तो आवश्यकता विद्युतीय अभिलेखबाट पूर्ति भएको मानिनेछ:-

 (क) विद्युतीय स्वरुपमा पहिलो पटक सिर्जना गरिएको समयदेखि सो अभिलेखमा कुनै पनि किसिमबाट परिवर्तन गरिएको छैन भनी विश्वास गर्न सकिने तोकिए बमोजिमको आधार विद्यमान भएमा,

 (ख) त्यस्तो अभिलेखलाई कुनै व्यक्ति समक्ष पेश गर्नुपर्ने गरी अनिवार्य गरिएको अवस्थामा सो अभिलेखलाई जसका समक्ष पेश गरिनुपर्ने हो सो व्यक्तिलाई स्पष्ट रुपमा देखाउन सकिने प्रकृतिको भएमा ।

 ८. सुरक्षित विद्युतीय अभिलेखः तोकिए बमोजिमको सुरक्षण कार्यविधि अपनाई सिर्जना गरिएको विद्युतीय अभिलेखमा कुनै किसिमको ह