FINAL ACTS WORLD CONFERENCE ON INTERNATIONAL TELECOMMUNICATIONS(WCIT-2012),DUBAI
FINAL ACTS WORLD CONFERENCE ON INTERNATIONAL TELECOMMUNICATIONS(DUBAI,2012):
For more information please click this link:final-acts-wcit-12.pdf
Importance notice of the Ministry of Home Affairs, Government of Nepal
नेपाल सरकार गृह मन्त्रालयको
अत्यन्त जरूरी सूचना
सूचना प्रविधिको प्रयोगमा आएको ब्यापकतासंगै इन्टरनेट लगायत विद्युतीय सञ्चारमाध्यममा सार्वजनिक नैतिकता र शिष्टाचार बिरुद्धका अश्लिल सामग्री प्रशारण एवं प्रवाह हुने गरेको पाइएको र त्यस्ता सामग्रीले समाजमा विकृति विसंगती फैलाउनुका साथै आपराधिक गतिविधि समेत बढाउने भएकोले विद्युतीय कारोवार ऐन-२०६३ विपरीत त्यस्ता सामग्रीहरु प्रशारण, प्रदर्शन, बिक्रि वितरण र प्रवाह गर्न निषेध गरिएको छ। विद्युतीय कारोवार ऐनले निषेध गरेको त्यस्ता सामग्रीहरु इन्टरनेट सेवा प्रदायक लगायत सम्बद्ध संस्थाहरुले तिनको प्रसारण, प्रवर्द्धन वितरण एवं प्रवाह गर्ने कार्य बन्द गर्नु पर्नेछ। यस ऐनले निषेध गरेका सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका अश्लिल सामग्रीहरु प्रकाशन, प्रदर्शन, प्रशारण एवं बिक्री वितरण गरेको पाइएमा उक्त ऐनको दफा ४७ बमोजिम एक लाख रुपैंया जरिवाना र ५ वर्ष कैद सजाय हुने व्यहोरा समेत जानकारी गराइन्छ। साथै प्रचलित कानूनले निषेध गरेका अश्लिल सामग्रीहरु कसैले प्रशारण, बिक्री वितरण एवं प्रवाह गरेको पाइएमा त्यस्ता सामग्री प्रवाह गर्ने संस्था वा साइट समेत उल्लेख गरी देहायको ठेगानामा खवर गरिदिनुहुन समेत सर्वसाधारण सबैमा गृह मन्त्रालय हार्दिक आग्रह गर्दछ।
सूचना दिने ठेगाना
|
(क) इमेल ठेगानाः-
|
ख) लिखित सूचना दिन चाहेमाः
1. गृह मन्त्रालय, शान्ति सुरक्षा शाखा
2. सूचना तथा सञ्चार मन्त्रालय
3. नेपाल दूरसञ्चार प्राधिकरण
4. प्रहरी प्रधान कार्यालय
|
