nta
nta Nepali Version English Version

Suggestion


उपभोक्ताहरुलाई प्राधिकरणको सुझाव

उपभोक्ताहरुले दूरसञ्‍चार सेवा लिनु पूर्व निम्न कुराहरुमा ध्यान पु-याउनुहुन अनुरोध गर्दछौं।

(१) दूरसञ्‍चार सेवा प्राप्त गर्नु अघि यस सेवामा लाग्ने महशुल, जडान खर्च, समयावधि आदिलाई बिचार गरी आफुलाई मन परेको सेवा सञ्‍चालक छान्नुहोस।
(२) आफ्नो आवश्यकतालाई मध्यनजर गरी आफुलाई मन परेको सेवा सञ्चालक छनौट गर्नुहोस।
(३) सेवा प्रदायकले तपाईं ग्राहकसंग गर्ने सम्झौतामा उल्लेख गरेका कुराहरुलाई ध्यान पूर्वक पढ्नुहोस।
(४) टेलिफोनको प्रयोग गर्दा आफ्नो नाममा दर्ता गरेको फोन प्रयोग गरौ। आफ्नो नाममा दर्ता भएको फोन अरुलाई प्रयोग गर्न दिंदा दुरपयोग भएमा अनावश्यक समस्या एवं झन्झट हुन सक्दछ तसर्थ यस तर्फ सचेत हुन अनुरोध गर्दछौ