तपाईं यहां हुनुहुन्छ >> घर >>
घर ने.दू.प्रा. को बारेमा कानून एम.आइ.एस रिपोर्ट सार्वजनिक सूचना लिंक विविध प्रतिक्रिया सम्पर्क गर्नुहोस साइट म्याप
Website in English

विविध

मेल चेक गर्नुहोस

 

 

आर्थिक वर्ष २०६१/६२ को आय व्यय विवरण बाट उद्गघृत गरिएको दूरसंचार क्षेत्र सम्बन्धी कुराहरु

 दफा १८. गरिबी निवारणका कतिपय महत्वपूर्ण कार्यक्रमहरु हत्या, हिंसा र असुरक्षाका कारण अपेक्षित रुपमा लक्षित क्षेत्र र समुदायमा पुग्न सकेका छैनन्। पुगेका कार्यक्रमहरु पनि प्रभावकारी रुपले चल्न सकेका छैनन्। गाउँ-गाउँमा नष्ट भएका गाउँ विकास समिति भवन, पुल-पुलेसा, विद्यालय, स्वास्थ्य चौकी, खानेपानी तथा संचारका संरचनाहरु पुनर्निर्माण हुन सकिरहेका छैनन्। विदेशी सहायतामा संचालित कतिपय कार्यक्रमहरु असुरक्षाका कारण बीचैमा स्थगित गर्नुपरेको छ ।

 दफा ३०. द्वन्द्वका कारण नष्ट वा क्षतिग्रस्त विद्यालय, स्वास्थ्य चौकीहरु, संचार टावर, पुल, विद्युतगृह लगायतका पूर्वाधारहरुको पुनर्निर्माण तथा विस्थापित समुदायको पुनर्स्थापनाकोकार्यलाई तीव्रताका साथ अगाडि बढाइनेछ । यसैगरी, ध्वस्त भएका जिल्ला सदरमुकामहरुको पुनर्निर्माण तथा पुनर्स्थापनालाई प्राथमिकता दिइनेछ । यस कार्यका लागि रु ६० करोड बजेट विनियोजन गरेको छु ।

दफा ७२. सूचना प्रविधिलाई व्यापक रुपमा ग्रामीण जनस्तरसम्म पुर्‍याउन आवश्यक कानूनी तथा संस्थागत व्यवस्था गरिनेछ । यसका लागि सूचना तथा संचार मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालयले समन्वयकारी भूमिका खेल्नेछन् ।

दफा ७४. दूरसंचार क्षेत्रलाई उदार र प्रतिस्पर्धी बनाई यसमा निजी क्षेत्र समेतको सहभागिताद्वारा लगानी र सेवा विस्तार गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको दूरसंचार नीति, २०६० अनुरुप संचार क्षेत्रमा थप लगानी र सेवा विस्तार एवं ग्रामीण दूरसंचार क्षेत्रमा समेत निजी लगानी प्रोत्साहित गरिनेछ ।

दफा ७५. सूचना तथा संचार क्षेत्रका लागि रु. २ अर्ब २६ करोड ३९ लाख विनियोजन गरेको छु ।

दफा १२४. ग्रामीण क्षेत्रबाट शहरतिर बसाइँ सर्ने प्रवृत्तिलाई रोक्न ग्रामीण क्षेत्रका सडक, विद्युत् र संचार सेवाको विस्तारका लागि विशेष योजनाहरु संचालन गरिने छन् ।

दफा १६८. आर्थिक वर्ष२०६१/६२ भित्रै नेपाल दूरसंचार कम्पनीको शेयर धितोपत्र बजारमा सूचीकृत गरी सरकारी अंशको शेयरमध्ये अधिकतम ५ प्रतिशत कम्पनीका कर्मचारीहरुलाई र १० प्रतिशत शेयर उपयुक्त प्रक्रियाद्वारा र्सवसाधारणलाई बिक्री गरिनेछ । शाही नेपाल वायुसेवा निगमको सम्पत्ति तथा दायित्वको मूल्यांकन सकिएपछि कम्पनीमा रुपान्तरण गरी उपयुक्त र पारदर्शी प्रक्रियाद्वारा निगमको स्वामित्व र व्यवस्थापनमा निजी क्षेत्रलाई समेत सहभागी वनाइनेछ ।

दफा २४०.  कृषि क्षेत्रको विकासका लागि कृषि तथा वागवानीमा प्रयोग हुने हेरो, कल्टिभेटर, लेभलर र थ्रेसर जस्ता वस्तुहरूको पैठारीमा १ प्रतिशत मात्र भन्सार महसूल लाग्ने गरी भंसार महसूल दर घटाइएको छ । यसै गरी पेट्रोलियम कोक, टेलिफोन सेट, चिनी लगायतका केही वस्तुहरूको पैठारीमा महसूल दर घटाइएको छ । त्यस्तै एकै प्रकृतिका वस्तुहरुक पैठारी दर समायोजन गर्ने क्रममा फोर्कलिफ्ट ट्रक, क्याल्कुलेटर एवं टाइपराइटरका पार्टपर्जाहरु, सूचना प्रविधिका सामानहरु र क्यामराको लेन्सहरुको भन्सार दर समायोजन गरिएको छ ।

माथि

 

सर्वाधिकार सुरक्षित © नेपाल दुरसंचार प्राधिकार २००४