तपाईं यहां हुनुहुन्छ >> घर
घर ने.दू.प्रा. को बारेमा कानून एम.आइ.एस. रिपोर्ट (उन्नाइसौं संस्करण) सार्वजनिक सूचना (नयां) लिंक विविध प्रतिक्रिया सम्पर्क गर्नुहोस साइट म्याप

नेपाल दूरसञ्‍चार प्राधिकरणको वेवसाइटमा स्वागत छ।

मेल चेक गर्नुहोस
 

Having Font Problem?  Click Here

प्रतिनिधि सभा घोषणा, २०६३ को दफा २ को उपदफा (२) द्वारा "श्री ५ को सरकार" को सट्टा "नेपाल सरकार" हुने घोषणा गरि लागु गरेको छ।

पृष्ठभूमि

नेपालमा दूरसञ्‍चा क्षेत्रको विकासमा उदारीकरणको नीति लिई निजी क्षेत्रको समेत सहभागिता गराई प्रतिस्पर्धात्मक वातावरणमा यस क्षेत्रको विकास तथा विस्तार गर्ने उद्देश्यले तत्कालिन श्री ५ को सरकार (मन्त्रिपरिषद्) को मिति २०५२।९।१० को निर्णयानुसार  दूरसञ्‍चार सेवाको विकासमा निजी क्षेत्रलाई सहभागी बनाउन प्रारम्भ गरिएको हो। यससम्बन्धी कार्यलाई अझ व्यवस्थित र नियमित गर्न कानूनी आधारका रूपमा दूरसञ्चार ऐन, २०५३ र दूरसञ्‍चार नियमावली, २०५४ लागू गरी सोही ऐन र नियमावलीको प्रावधान अनुरूप एक स्वतन्त्र नियामक निकाय (Autonomous Regulatory Body) को रूपमा २०५४ साल फागुन २० गते नेपाल दूरसञ्‍चार प्राधिकरण (Nepal Telecommunications Authority)  को गठन गरी कार्य प्रारम्भ गरिएको हो।

हाम्रो उद्देश्य

१. नेपालका ग्रामीण तथा सहरी क्षेत्रमा सर्वसाधारणको पहुँच दूरसञ्‍चार सेवामा पुर्‍याउन बसोबास भएका क्षेत्रमा बोलाउँदा सुनिने दूरीमा दूरसञ्‍चार सेवा उपलब्ध हुने व्यवस्था मिलाउने।

२. नेपालका हरी क्षेत्रमा माग अनुसार दूरसञ्‍चार सेवा उपलब्ध गराउने। व्यापारिक क्षेत्रलाई व्यावसायिक (Corporate) दूरसञ्‍चार सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउने।

३. हरी क्षेत्रका उपभोक्ताहरूलाई विभिन्न सेवाप्रदायकबाट सेवा चयन गर्न पाउने अवसर प्रदान गर्ने। ग्रामीण क्षेत्रमा पनि सोही अनुरूप सेवा चयन गर्न पाउने व्यवस्थाको विस्तार क्रमशः गर्दै लाने।

४. ग्रामीण क्षेत्रको विकास तथा गरिबी निवारणको लागि उपयुक्त सूचना तथा सञ्‍चार प्रविधिको प्रयोग गर्न पाउने व्यवस्था मिलाउने।

नेपाल दूरसञ्‍चार प्राधिकरणको
प्रेश विज्ञप्ति

अन्तरआबद्धता
दूरसञ्चार ऐन, २०५३ को दफा ३१ अनुसार दूरसञ्चार सेवा सञ्चालकले सेवा संचालन गर्दा आफुले विकास गरेक दूरसंचार प्रणाली अर्को अनुमतिपत्र प्राप्त व्यक्तिले विकास गरेको दूरसंचार प्रणालीसग परस्परमा जोड्न र प्रयोग गर्न पाउने व्यवस्थानुसार नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा ५२ अनुरुप
Interconnection Guideline IG 065 01 पारित गरी मिति २०६५।१।१९ देखि लागु हुने निर्णय गरेको छ। हाल प्रचलनमा रहेक Interconnection Guideline सोही मिति देखि खारेज गर्ने भएको छ। उपरोक्त निर्देशिकानुसार,

१. प्रत्येक सेवा प्रदायकले आफुसंग अन्तरआबद्धता गर्ने सम्बन्धमा नयाँ निर्देशिका लागु भएको मितिबाट १२० दिन भित्र
RIO (Reference Interconnection Offer) तयार गरी प्राधिकरणमा स्वीकृतिको लागि पेश गर्नु पर्ने।
२. अन्तरआबद्धता माग गरेक अवस्थामा अन्तरआबद्धता सम्बन्धी संझौता ३ महिना भित्रमा गरी सक्नु पर्ने।
३. एक सेवा प्रदायक र अर्को सेवा प्रदायक बीच अन्तरआबद्धता संझौता दर्ुइ किसिमबाट गर्न सकिन्छ।
(क) एक आपसमा सहमति गरेर।
(ख) एक सेवा प्रदायकले तयार गरेको
Reference Interconnection Offer लाई अर्को सेवा प्रदायकले सहमति गरेर।
४. एक सेवा प्रदायकले अर्को सेवा प्रदायकलाई तिर्नुपर्ने अन्तरआबद्धता शुल्क
(Interconnection Charge) Interconnection Guideline IG 065 01 मा तोकिएको दर भन्दा नबढ्ने गरी एक आपसमा सेवा प्रदायकहरुले तय गर्न सक्ने।
५. अन्तरआबद्धता सम्बन्धी बिबाद भएमा निम्नानुसार समाधान गरीने प्रावधान छः-
(क) दुई सेवा प्रदायक बिच
Working Group गठन गरी।
(ख) त्यसबाट समाधान नभए दुई सेवा प्रदायक बिच उच्चस्तरिय
(CEO/MD) Level बाट समाधान गर्ने ।
(ग) त्यसबाट पनि समाधान नभए नेपाल दूरसञ्चार प्राधिकरण मार्फ समाधान हुने।

अनुमतिपत्र
नेपालमा ICT विकासको लागि ग्रामीण क्षेत्रमा इन्टर्नेट सेवा संचालन गर्न चाहने व्यक्तिलाई अनुमतिपत्र दस्तुर रु. १०० लाग्ने व्यवस्थानुसार देहायका निवेदकलाई तपसिल बमोजिम स्थानमा इन्र्टर्नेट सेवा संचालन गर्न र
VSAT Use गर्न अनुमतिपत्र जारी गर्ने निर्णय गरिएको छ।
 

(क) इन्र्टर्नेट सेवाको लागि

(१) Beyond Himalaya Broadband Internet Service सेवा स्थापना र संचालन गर्ने स्थान मनाङ, चामे गा.वि.स
(२) डोल्पो वातावरण संरक्षण केन्द्र, डोल्पा दुनै

(ख) VSAT USer को लागि

३. म्याग्दी संचार प्रा.लि. म्याग्दी
४. सोभीना नेर्टवर्क प्रा.लि., उदयपुर, आपटार
५.
National Trust for Nature Conservation, Annapurna Conservation Area Project, मुस्ताङ, लोमाथाङ्ग गा.वि.स.
६.
World Vision International Nepal जुम्ला, चन्दननाथ

ADSL Tariff
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट शुरु गर्न लागेको ADSL प्रविधिमा आधारित इन्टर्नेट सेवाको महशुल दर प्राधिकरणबाट स्वीकृत गरिएको छ। साथै हाल नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको
Internet Leased Line Connectivity Rate Symmetrical Bandwidth को Mbps बराबर ७६,०००।०० को तुलनामा प्रस्तावित ADSL सेवाको प्रयोजनका लागि Bandwidth कम मूल्यमा खरिद गरेको देखिएकोले Internet Leased Line Connectivity Rate Symmetrical Bandwidth को मूल्यलाई पुनरावलोकन गर्नु र प्राधिकरणमा दर्ता नं. २५ देखि २९ सम्मका वर्ल्डलिंक कम्यूनिकेशनस् प्रा.लि. समेत निवेदकहरु र नेपाल दूरसंचार कम्पनी लिमिटेड विपक्षी भएको भेदभावपूर्ण व्यवहार रोकी पाउ भन्ने विषयमा भएको निर्णयानुसार कार्यान्वयन गर्न निर्देशन गरिएको छ। ADSL को शुल्क देहाय बमोजिम स्वीकृत गरिएको छः-

(1) Registration Charge                Rs. 500.00 (One time)

(2) Monthly Charge:–

S. No.

ADSL Speed

Monthly Rate (NRs.)

Monthly Port Rate (NRs.)

1

128 kbps

800.00

100.00

2

256 kbps

1,400.00

100.00

3

512 kbps

2,600.00

100.00

4

1 Mbps

4,900.00

100.00

5

2 Mbps

9,200.00

100.00

Above rates are exclusive of Government  Taxes.


मिति २०६५।१।१५

कैलाश प्रसाद न्यौपाने
प्रवक्ता

Main features of New Interconnection Guideline

1) There are two options for entering into Interconnection Agreement (IA)

a)      Negotiating and establishing in good faith, with another licensee

b)      Enter into an IA with another licensee by accepting another licensee's RIO.

2)      Each licensee must conclude and execute the interconnection Agreement within three months from the date of the interconnection request.

3)      Existing licensee shall renegotiate the Interconnection Agreement and arrangement to ensure that the agreement and arrangement comply with this new guideline within 90 days from the date of the coming into force of this new Interconnection Guidelines.

4)      Each licensee is required to develop a RIO and must submit to the NTA for approval within 120 days from the effective date of this interconnection guideline.

Interconnection Usage Charge:

                                             i.            Port Charge: It is the charge payable by the Interconnection Seeker to the Interconnection Provider.

            Port charges on pro rata basis (Rs)

Charge / year

N* 35,000, where N is no of E1.

ii.           Transmission Lease Charge for STM-4: Rs. 6, 00,000 per year per kilometer on pro-rata per E1 basis.

iii.          Set Up Charge: Rs 200,000/per location

iv.         Interconnection Usage Charge

a. National Call:

 

 

 

 

Area

 

 

 

Operator                        A

 

 

 

Operator       B

Operator A Pays per minute to

Operator B (Terminal) Paisa

Operator C For Carriage Charge  Paisa

Cat. A

Cat. B

Intra-zonal

Inter-zonal

 

 

Local Charge Area

(Intra-District Calls or

Same Numbering Areas)

FS

FS

14

0

 

FS

MS

54

0

 

FS

LMS

34

0

 

LMS

LMS

34

0

0

LMS

FS

14

0

0

LMS

MS

54

 

 

MS

LMS

34

 

 

MS

MS

54

 

 

MS

FS

14

 

 

 

 

Different Charging Area

(Intra Zonal and Inter Zonal Calls, i.e. different numbering areas)

FS

FS

14

32

48

50

FS

MS

54

0

0

FS

LMS

34

48

50

LMS

LMS

34

48

50

LMS

FS

14

32

48

50

LMS

MS

54

0

0

MS

LMS

34

48

50

MS

MS

54

0

0

MS

FS

14

32

48

50

 

 

 

 

 

 

b. International

Incoming

1.          International termination upto PoI (for circuit switch): NRs. 1.80 per minute.

Outgoing: The international gateway operator will receive75% of the retail tariff.

v. SMS: NRs. 0.27 per SMS.

Legend:
FS:        Fixed Subscriber
LMS:    Subscriber with Local Mobility
MS:       Mobile Subscriber
Cat. A:   Calls terminated in Kathmandu Valley (Area Code 01), Morang (Area Code 021), Kaski (Area Code 061) and Parsa (Area Code 051) districts.
Cat B:    Calls terminated in other districts apart from mentioned in Cat. A.

  The operators may fix their own mutually agreed Interconnection Charges. However, the Interconnections Charges shall not exceed the rates mentioned above.

प्राधिकरणमा के छ नयाँ!!!

कन्सल्टेशन पेपर

 

प्राधिकरणको निर्णय

 

प्राधिकरणको निर्णय

ग्रामीण दूरसञ्‍चार विकास कोष परिचालन अवधारणपत्र सम्बन्धमा राय, सल्लाह तथा प्रतिक्रिया माग गरिएको सूचना

 

ADSL को प्रयोग सम्बन्धमा प्राधिकरणको निर्णय

 

Dialup Internet सेवामा लोकल dialling सम्बन्धमा प्राधिकरणको निर्णय

         

एम. आई. एस. प्रकाशित

 

सेवा प्रदायकहरुको चौमासिक प्रगतिको सूचकाङ्क

 

सूचना

ने. दू. प्रा.  एम. आई. एस. को उन्नाइसौं संस्करण प्रकाशित गरिएको छ।

 

सेवा प्रदायकहरुको प्रत्यक चार महिनामा भएको प्रगति सम्बन्धि सूचकाङ्कको दोस्रो अंक प्रकाशित गरिएको छ।

 

दूरसञ्‍चार सामाग्रीको Type  Approval सम्बन्धि सूचना

         
   

नयां अन्तरआवद्दता निर्देशिका

   
   

मिति बैशाख १९, २०६५ देखि लागु हुने गरि नयां अनतरआवद्दता निर्देशिका लागु गरिएको छ।

   
 
केही सल्लाह तथा सुझाव??? वा दूरसञ्चार सेवा प्रदायकहरुका सम्बन्धमा कुनै गुनासा छन्? कृपया info@nta.gov.np; ntra@nta.gov.np ma मेल गर्नुहोला।

यो पेज मंसिर २६, २०६१  देखी  Staples Coupons  जनाले हेरिसकेका छन्।
पेजहरु वेव-मास्टर द्वारा हेरिराखिएको छ। पेजहरु १०२४x७६८ को रिजोलुसनमा उत्तम देखिन्छ।
सर्वाधिकार सुरक्षीत © नेपाल दूरसञ्‍चार प्राधिकरण २००४-२००८
पेजहरु आषाढ ३, २०६५ मा अद्यावधिक गरिएको छ।
Dell Coupon