प्राधिकरणका सदस्यहरु
दूरसञ्चार ऐन २०५३ को दफा ५ बमोजिम प्राधिकरणमा दूरसंचार सेवासंग सम्वन्धित प्राविधिक र प्रशासनिक वजार व्यवस्थापन, लेखा तथा लेखापरिक्षण वा कानूनी क्षेत्रमा तोकिए वमोजिम योग्ता र अनुभव भएका अध्यक्ष सहित पांचजना सदस्यहरु रहनेछन् ।
प्राधिकरणका अध्यक्ष तथा सहस्यहरुको नियुक्तिको लागि सिफारिश गर्न श्री ५ को सरकारले सम्वद्ध क्षेत्रका विज्ञहरु समेत रहेको एक समिति गठन गर्नेछ र सो समितिको सिफारिशमा श्री ५ को सरकारले अध्यक्ष तथा सदस्यहरुको नियुक्ति गर्नेछ।
प्राधिकरणले आवश्यक देखेमा कुनै विशेषज्ञलाई प्राधिकरणको वैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।
प्राधिकरणका वरिष्ठ अधिकृत कर्मचारीहरु मध्येवाट अध्यक्षले तोकेको कर्मचारीले प्राधिकरणको सचिव भई काम गर्नेछ।
प्राधिकरणको हालको संरचना निम्न बमोजिम रहेको छ।
|
नाम
|
पद
|
बहाल मिति
|
|
| श्री भेष राज कणेल |
अध्यक्ष |
२०६५ मंसिर ०८ |

|
| श्री महेश प्रसाद अधिकारी |
सदस्य |
२०६३ पौष ०९ |

|
| श्री बलराम प्रधानाङ्ग |
सदस्य |
२०६३ पौष ०९ |

|
| श्री तुलसी भट्ट |
सदस्य |
२०६४ श्रावण ०७ |

|
| श्री गिरिन्द्र राज अधिकारी |
सदस्य |
२०६५ पौष २३ |

|