nta
nta Nepali Version English Version
पछील्लो कार्यक्रम
new
पछील्लो समाचार
Free Subscribe for Newsletter.
You will be receiving our updated news and programmes via your email.

WWW     www.nta.gov.np

उपभोक्ता हित


नेपाल दूरसञ्‍चार प्राधिकरणले उपभोक्ताहरुको हितको लागि तयार गरेको केही जानकारीहरु

दूरसञ्‍चार ऐन २०५३, को दफा ३ बमोजिम नेपाल दूरसञ्‍चार प्राधिकरणको स्थापना दूरसञ्‍चार सेवा सञ्‍चालन गर्नको लागि नभई दूरसञ्‍चार सेवालाई नियमित र व्यस्थित गरी स्वदेशी एवं विदेशी लगानीकर्तालाई आकर्षित गरी दूरसञ्‍चार सेवा र सुविधा नेपालभरी शहरी तथा ग्रामीण क्षेत्रमा पु-याउनको लागि हो।
दूरसञ्‍चार ऐन २०५३, को दफा १३ बमोजिम यस प्राधिकरणको काम, कर्तव्य र अधिकार मध्ये उपभोक्ताहरुको हकहितको संरक्षण हुने गरी दूरसञ्‍चार सेवाको विकास र बिस्तार गर्न लगाउने एउटा प्रमुख कार्य हो। यसै अनुरुप प्राधिकरणले चैत्र २०६३ सम्म निजी क्षेत्रहरुलाई समेत गरी विभिन्न दूरसञ्‍चार सेवाहरुमा २०१ वटा अनुमतिपत्र प्रदान गरी सकेको छ। यसबाट उपभोक्ताहरुले सेवा प्रदायक छनौट गर्ने अवसर प्राप्त गर्नुका साथै दूरसञ्‍चार सेवामा भएको प्रतिस्पर्धाको कारणले सेवा शुल्कमा कमी आइ लाभान्वीत भएका छन्