१. नेपालका ग्रामीण तथा सहरी क्षेत्रमा सर्वसाधारणको पहुँच दूरसञ्चार सेवामा पुर्याउन बसोबास भएका क्षेत्रमा बोलाउँदा सुनिने दूरीमा दूरसञ्चार सेवा उपलब्ध हुने व्यवस्था मिलाउने।
२. नेपालका शहरी क्षेत्रमा माग अनुसार दूरसञ्चार सेवा उपलब्ध गराउने। व्यापारिक क्षेत्रलाई व्यावसायिक (Corporate) दूरसञ्चार सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउने।
३. शहरी क्षेत्रका उपभोक्ताहरूलाई विभिन्न सेवाप्रदायकबाट सेवा चयन गर्न पाउने अवसर प्रदान गर्ने। ग्रामीण क्षेत्रमा पनि सोही अनुरूप सेवा चयन गर्न पाउने व्यवस्थाको विस्तार क्रमशः गर्दै लाने।
४. ग्रामीण क्षेत्रको विकास तथा गरिबी निवारणको लागि उपयुक्त सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न पाउने व्यवस्था मिलाउने।