|
ने.दू.प्रा.
को लागि परामर्श सेवा
1) ने.दू.प्रा.
१ - अनुमति पत्र प्रणाली
ने.दू.प्रा.
१ - अनुमति पत्र प्रणाली
अन्तर्गत प्राधिकरणको विद्यमान ऐन, नियम तथा अनुमतिपत्रका शर्तहरूमा
समयसापेक्ष परिमार्जन गर्ने उद्देश्यले बोलपत्र प्रक्रियाद्वारा छनौट
गरिएको परामर्शदाता
M/s
McCarthy Tretault LLP, Canada ले उपरोक्त
कार्यहरू गर्ने सन्दर्भमा ऐन, नियम र अनुमतिपत्रमा गरिनुपर्ने
सुधारको सम्बन्धमा आफ्नो अन्तिम प्रतिवेदन पेश गरिसकेको हुँदा सोको
कार्यान्वयनको लागि आवश्यक कार्य भैरहेको ।
2) ने.दू.प्रा.
२ -
शुल्क तथा अन्तर्आवद्दता
प्रणाली
ने.दू.प्रा.
२ -
शुल्क तथा अन्तर्आवद्दता
प्रणाली
अन्तर्गत दूरसञ्चार
सेवाको महसुल र सेवाप्रदायकहरूबीच गर्नुपर्ने अन्तरआबद्धता सम्झौतामा
आवश्यक समयसापेक्ष परिमार्जन गर्ने उद्देश्यले बोलपत्र प्रक्रियाद्वारा
छनौट भएको परामर्शदाता
M/S
Spectrum Strategy, UK
र प्राधिकरणबीच सम्झौता भै कार्य प्रारम्भ
भएको र हाल उक्त परामर्शदाताबाट Inception Report
बुझाएकोमा सोको अध्ययन भैरहेको छ ।
3) ने.दू.प्रा. -
३
सार्वजनिक परामर्श प्रक्रियाको विकास
ने.दू.प्रा. -
३
सार्वजनिक परामर्श
प्रक्रियाको विकास अन्तर्गत दूरसञ्चार सेवा उपभोग गर्ने
उपभोक्ताहरूलाई जागरूक र सचेत गराउने उद्देश्यले बोलपत्रद्वारा छनौट भएको
परामर्शदाता
M/S
World of Training, London, UK ले यस सम्बन्धमा उपत्यकाका
२०० भन्दा बढी उपभोक्ताहरूसँग दूरसञ्चार सेवाको गुणस्तर तथा सो सम्बन्धमा
ग्राहकहरूको गुनासो र सुझाव संकलनको लागि
सर्भेक्षण गरेको तथा उपभोक्ता
मञ्च, पत्रकार, दूरसञ्चार सेवा उपभोक्ता, सेवासञ्चालक र श्री ५ को सरकारका
प्रतिनिधिहरूलाई समावेश गरी २ वटा वर्कशप, एउटा
सार्वजनिक सुनुवाइ
सम्बन्धी कार्यसञ्चालन गरी सो सम्बन्धमा आफ्नो अन्तिम प्रतिवेदन
बुझाइसकेको छ । परामर्शदाताबाट प्राप्त उक्त प्रतिवेदन अध्ययनको क्रममा
रहेको छ ।
4) ने.दू.प्रा. -
४
ग्रामिण दूरसंचार सेवाको प्रमाणिकरण कार्यक्रम
ने.दू.प्रा. -
४
ग्रामिण दूरसंचार सेवाको प्रमाणिकरण कार्यक्रम
अन्तर्गत पुर्वाञ्चलका
दूरसञ्चार सेवा नपुगेका ५३४ वटा दर्गम गा.वि.स. हरूमा टेलिफोन सेवा
उपलब्ध गराउन नियुक्त भएको सेवासञ्चालकले गरेका कार्यको निरीक्षण गरी
त्यसलाई प्रमाणित गर्ने कार्यको लागि
M/S
Planet Works Consulting, Canada छनौट भए अनुरूप
उक्त परामर्शदाताबाट पुर्वाञ्चलमा
सेवासञ्चालकबाट
स्थापना गरिएको हबस्टेशन र गा.वि.स. हरूमा टेलिफोन सेवा पुर्याइएको
सम्बन्धमा गा.वि.स. हरूमा टेलिफोन सेवा पुगेनपुगेको तथा यसको गुणस्तरबारे
आफ्नो प्रतिवेदन दिन नियुक्त उक्त परामर्शदाताले आफ्नो प्रथम चरणको
मूल्याङ्कन तथा प्रमाणीकरण गर्ने कार्य सम्पन्न गरिसकेको छ ।
5) ने.दू.प्रा.
- ५ मोवाइलको अनुमतिपत्र
ने.दू.प्रा.
- ५ मोवाइलको अनुमतिपत्र अन्तर्गत नयाँ
दूरसञ्चार नीति, २०६० अन्तर्गत मोबाइल सेवा सञ्चालन गर्न थप नयाँ सेवा
सञ्चालकलाई अनुमतिपत्र प्रदान गर्ने उद्देश्यले बोलपत्रद्वारा EOI माग
गरिएकोमा विभिन्न ६ वटा संस्थाहरू छनौट भएकोले ती संस्थाहरूबाट प्राप्त
प्रस्ताव अनुरूप कारवाही गरिनेछ ।
माथि
|