You Are Here : Home >> Legal >> NTA's (working procedure related ) regulation 2059 B.S.

Home About NTA Legislation MIS Report Public Notice Links Miscellaneous Feedback Contact Us Site Map
वेवसाइट नेपालीमा

Legislation

Check Your Mail
 

 

 

 

Regulations
Telecommunication Regulation, 2054 B.S.(1997 A.D.)
NTA's (working procedure related) regulation 2059 B.S.
Radio Communication (License) Regulation, 2049 B.S. (1992 A.D.)
National Broadcasting Regulation, 2052 B.S. (1995 A.D.)
Consumer Protection Regulation, 2056 B. S. (1999 A. D.)
ITU Radio Regulation
Acts
Telecommunications Act,2053 B.S. (1996 A.D.)
National Broadcasting Act, 2049 B.S. (1992 A.D.)
Telecommunication Corporation Act, 2028 B.S. (1971 A.D.)
Radio Act, 2014 B.S. (1957 A.D.)
Consumer Protection Act, 2054 B. S.
Ordinances
Electronic Transaction Ordinance 2061 B.S. (2004A.D.)
Policies
Telecommunication Policy, 2060 B.S. (2004 A. D.)
Long Term Policy of Information and Communication Sector, 2059 B.S. (2002 A.D.)
National Communication Policy, 2049 B.S. (1992 A. D.)
IT Policy, 2057 B.S. (2000 A.D.)
Guidelines
Guidelines for tariff approval for telecommunications services
Guidelines for Interconnection
Licensing procedure for value added services

 

Telecommunication Regulation, 2054 B.S.  || NTA's (working procedure related) regulation 2059 B.S. || Radio Communication (License) Regulation, 2049 B.S. || National Broadcasting Regulation, 2052 B.S. || Consumer Protection Regulation, 2056 B. S. || ITU Radio Regulation

यो सामाग्री नेपालीमा मात्रै उपलब्ध छ।

(पूरा प्रति को लागि यहां क्लिक गर्नुहोस्।)

परिच्छेद - प्रारम्भिक
परिच्छेद - २ अधिकार र दायित्व
परिच्छेद - निर्ण आदेश
परिच्छेद - विविध
 

माथि

 

नेपाल दूरसंचार प्राधिकरणको (कार्यविधि सम्बन्धी) नियमावली, २०५

दूरसंचार ऐन, २०५३ को दफा ६२ ले दिएको अधिकार प्रयोग गरी नेपाल दूरसंचार प्राधिकरणले यो कार्यविधि सम्बन्धी विनियमावली बनाई लागु गरेको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः- १) यो विनियमावलीको नाम "नेपाल दूरसंचार प्राधिकरणको (कार्यविधि सम्वन्धी) विनियमावली, २०५९" रहेको छ ।

२) यो विनियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः- विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विनीयमावलीमा,

क) "ऐन" भन्नाले "दूरसंचार ऐन, २०५३" सम्झनु पर्दछ ।

ख) "नियम" भन्नाले "दूरसंचार नियमावली, २०५४" सम्झनु पर्दछ ।

ग) "प्राधिकरण" भन्नाले "नेपाल दूरसंचार प्राधिकरण" सम्झनु पर्दछ ।

घ) "समिति" भन्नाले "नेपाल दूरसंचार प्राधिकरणवाट गठित समिति सम्झनु पर्दछ सो शव्दले उप-समिति वा कार्यटोली समेतलाई जनाउनेछ ।

ङ) "अध्यक्ष" भन्नाले प्राधिकरणको अध्यक्षलाई सम्झनु पर्दछ ।

च) "उजुरी/निवेदन" भन्नाले ऐनको दफा १६ र ४७ अनुसार कारवाही हुन सक्ने निवेदन समेतलाई सम्झनु पर्दछ ।

छ) "सदस्य" भन्नाले समितिको सदस्य सम्झनु पर्दछ र सो शव्दले समितिको अध्यक्षलाई समेत जनाउनेछ ।

ज) "तोकिएको" वा "तोकिए वमोजिम" भन्नाले ऐन, नियम तथा यस विनीयमावलीमा तोकिएको वा तोकिए वमोजिम सम्झनु पर्दछ ।

माथि

परिच्छेद - २

अधिकार र दायित्व

३. अधिकार र दायित्वः- १) दूरसंचार ऐन ,२०५३ अनुसार प्राधिकरण समक्ष न्यायीक निरोपणका लागी पर्न आउने निवेदन/उजुरी वा दरखास्त उपर सुनुवाई गर्ने, कारवाई गर्ने र आदेश वा निर्ण गर्ने अधिकार र दायित्व प्राधिकरणको हुनेछ ।

२) प्राधिकरणको न्यायिक निरुपण सम्बन्धी कार्य सम्पादन समेतको दायित्व र अधिकार अध्यक्षको हुनेछ ।

३) प्राधिकरणवाट गरिने न्यायिक निरोपणको अन्तिम आदेश वा निर्णवाहेक अन्य कार्य गर्नका लागि प्राधिकरणले ऐनको दफा ५० अनुसार उपसमिति वा कार्य टोली गठन गरी वा प्राधिकरणको कुनै कर्मचारीलाई काम कर्तव्य र अधिकार समेत किटानी साथ तोकी गराउन सक्नेछ ।

४) यस विनियम अनुसारको प्रशासकीय काम अध्यक्षको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा कानून शाखा वा अध्यक्षद्धारा तोकिएको प्राधिकरणको अधिकृत तहको कर्मचारीले गर्नेछ ।

५) उप विनियम ४) अनुसार तोकिएको कर्मचारीको देहाय वमोजिमको काम, कर्तव्य र अधिकार हुनेछः-

क) रित पर्वकको निवेदन दर्ता गर्ने,

ख) वारेसनामा लिने, सकारनामा गराउने,

ग) कुनै पक्षको मृत्यु भएमा हकवालालाई सकार गराउने,

घ) नावालक वा होस् ठेगाना नभएको पक्षको संरक्षक राख्न अनुमति दिने,

ङ) उजुरी वा निवेदनमा कुनै पक्षले आपनो तर्फाट उपस्थित हुन वहस पैरवी गर्न कानून व्यवसायी नियूक्त गरेकोमा वकालतनामा दर्ता गर्ने,

च) दुवै पक्षलाई मिले सम्म अनुकुलता हेरी तारेख तोक्ने,

छ) उजुरीमा समितिको आदेश अनुसारको कार्य सम्पन्न गर्ने गराउने,

ज) प्राधिकरणबाट जारी हुने सूचना, म्याद, जारी गर्ने, तामेल गराउने र सो सम्वन्धमा आवश्यक निकासा दिने लिने,

झ) पुनरावेदन समिति वा अन्य अड्डा अदालतबाट उजुरी सम्वन्धी मिसिल कागजपत्र मागी पठाएकोमा मिसिल कागजपत्र पठाउने,

ञ) निवेदनको फाँटवारी अध्यावद्यकि राख्ने र फाँटवारी तथा फछ्र्यौटको संख्या समेत खुलाई अनुसूची - १ वमोजिमको ढांचामा त्रैमासिक र वाषिर्क प्रतिवेदन प्राधिकरणमा वा समितिमा पेश गर्ने,

ट) दर्ता हुन आएका निवेदनको मिसिल संलग्न कागजको सिलसिलावद्ध रुपमा अनुसूची - २ अनुसारको ढाँचामा पञ्जिका नाई राख्ने,

ठ) उजुरीको कारवाई र किनाराको निमित्त आवश्यकतानुसार छलफलको लागि समितिमा पेश गर्ने,

ड) समितिको आदेश वमोजिम प्राधिकरणबाट गर्नु पर्ने अन्य कारवाई गर्ने,

ढ) नियमानुसार मिसिल कागजातको नक्कल दिने ,

ण) पेश भएका सक्कल लिखत काम सकिए पछि सम्वन्धित पक्षलाई फिर्ता गर्ने,

त) म्याद तारेख थाम्नका लागि परेको दरखास्त उपर कारवाही गरी किनारा गर्ने,

थ) समितिले दिएको आदेश वा निर्देशनको पालना गर्ने,

द) अध्यक्ष/सदस्यले टिपाईएका निर्ण/आदेश टिप्ने ।

माथि

परिच्छेद - ३

उजुरी तथा निवेदनपत्रवारे सामान्य व्यवस्था

 

४. उजुरी तथा निवेदनपत्र दर्ताः- १) ऐन तथा नियमअनुसार प्राधिकरणमा पर्ने उजुरी तथा निवेदनपत्र छुट्टै दर्ता कितावमा दर्ता गरिनेछ ।

२) उजुरी तथा निवेदनपत्र दर्ता हुन आएपछि रित वेरित जाँची त्यसमा दस्तुर वा फि आदि लिनु पर्ने भए लिई उसै दिन दर्ता कितावमा दर्ता गरी अनुसूची - ३ वमोजिम निवेदकलाई भरपाई दिनु पर्नेछ र त्यस्तो उजुरी तथा निवेदनका सम्वन्धमा कारवाही हुने दिन किटान गरी अनुसूची - ४ वमोजिमको ढांचामा सो को जानकारी निवेदकलाई दिनु पर्दछ ।

५. टिकट टास्नु पर्नेः- प्राधिकरणमा दिईने प्रत्येक उजुरी तथा निवेदनपत्रमा रुपैया पंाचको टिकट टांस्नु पर्नेछ ।

६. उजुरी तथा निवेदनपत्रमा खुलाउनु पर्ने कुराहरुः- १) प्राधिकरण समक्ष दर्ता गरिने निवेदनपत्रमा अनुसूची - ५ वमोजिमको ढांचामा निम्न लेखिएको कुराहरु खुलाईएको हुनु पर्दछः-

क) निवेदक र विपक्षीको पुरा नाम, थर, ठेगाना ,

ख) उजुरी तथा निवेदनपत्र सम्वन्धमा उजुरी वा निवेदनको विषय, निवेदकको माग र कानूनी आधार,

ग) पहिले सोही विषयमा उजुरी तथा निवेदन दिएको भए त्यसको पक्ष/विपक्ष र सो सम्वन्धमा भएको कारवाही सम्वन्धी विवरण,

घ) सोही विषयमा प्राधिकरण वाहेक अन्यत्र कुनै कारवाही भएको भए सो को विवरण तथा नतिजा,

ङ) माग गरिएको कुरामा आवश्यक पर्ने प्रमाण कागज,

च) माग गरिएको विषयमा कारवाही हुनका लागि अरु आवश्यक विवरणहरु ,

छ) प्रत्येक वुंदा वा विषयको वर्णन स्पष्ट रुपमा प्रकरण छुट्टयाईएको ,

ज) अन्य कुनै सम्वद्ध कुरा भए सो व्यहोरा,

२) प्रत्येक उजुरी तथा निवेदनपत्रमा एउटै विषयको कुरा मात्र लेखिएको हुनु पर्नेछ ।

३) विपक्षी एक भन्दा वढि भएको अवस्थामा प्रत्येक विपक्षीलाई उजुरी तथा निवेदनपत्रको एक एक प्रति थप नक्कल समेत साथै राख्नु पर्नेछ ।

७. रित नपुगेको उजुरी तथा निवेदनपत्रः  १) टिकट टाँस भई नआएको र ढाँचा नमिलेको वा रित नपुगेको उजुरी तथा निवेदनपत्र दर्ता गरिने छैन र त्यस्तो उजुरी तथा निवेदनपत्र हुलाकवाट प्राप्त भए पनि कारवाही गरिने छैन ।

२) हुलाकवाट पठाईएको रित पर्वकको उजुरी तथा निवेदनपत्रका सम्वन्धमा प्राधिकरणले निर्धारण गरिदिएको म्याद भित्र निवेदक उपस्थित भई सनाखत गराएपछि मात्र दर्ता भएको मानिने छ ।

८. उजुरी तथा निवेदनपत्रको फछ्र्यौटः- १) उजुरी तथा निवेदनपत्र दर्ता भएको मितिले सामान्यतया तिन महिना भित्र फछ्र्यौट गर्नु पर्नेछ ।

२) उजुरी तथा निवेदनपत्र दर्ता भएपछि कारवाही गर्न नमिल्ने भए सो को जानकारी निवेदकलाई अविलम्व दिईनेछ ।

३) उजुरी तथा निवेदनपत्र दर्ता भएपछि अर्को पक्षलाई अनुसूची - ६ को ढाँचामा ३५ दिनमा नवढ्ने गरी म्याद सूचना जारी गर्नु पर्नेछ ।

९. तामेली सम्वन्धी व्यवस्थाः- प्राधिकरण समक्ष परेका उजुरी तथा निवेदनपत्र उपर तत्काल कारवाही गर्न आवश्यक नदेखिएमा प्राधिकरणले समय तोकी वा नतोकी त्यस्तो निवेदनको कारवाही पछि जगाउने वा नजगाउने गरी तामेलीमा राख्न वा त्यस्तो कारवाही स्थगन गर्ने निर्णगर्न सक्नेछ ।

१०. सूचना पठाउनेः- उजुरी तथा निवेदनपत्र दर्ता गरिसकेपछि त्यस्तो निवेदनपत्रका विपक्षीहरुलाई आफ्नो भनाइ लिखित रुपमा पेश गर्नका लागि आदेश भएको मितिले ७ दिन भित्र सूचना तथा म्याद जारी गरी सक्नु पर्नेछ ।

११. लिखित प्रतिवादः- १) सूचना म्याद तामेल भएको सामान्यतया १५ दिन भित्र त्यस्तो पक्षले प्रतिवाद गर्न चाहेमा आफ्नो लिखित प्रतिवाद सहित अनुसूची - ७ को ढाँचामा निम्न लिखित कुरा खुलाउनु पर्नेछः-

क) पक्ष / विपक्षीको पुरा नाम, थर, ठेगाना ,

ख) निवेदकको माग अनुसार हुन पर्ने नपर्ने सम्बन्धी कानूनी आधार,

ग) पहिले सोही विषयमा कारवाही भएको भए त्यसको नतिजा ,

घ) सोही विषयमा प्राधिकरण वाहेक अन्यत्र कुनै कारवाही भएको भए सो को विवरण तथा नतिजा,

ङ) आफ्नो प्रतिवाद वा भनाई पुष्टि गर्न आवश्यक पर्ने प्रमाण कागज,

च) आफ्नो प्रतिवाद वा भनाइका विषय एवं वुंदाका सम्वन्धमा पुष्टि हुने विषयमा अन्य आवश्यक विवरणहरु ,

छ) प्रत्येक वुंदा वा विषयको वर्णस्पष्ट रुपमा प्रकरण छुट्टयाई लेखिएको हुनु पर्नेछ ।

माथि

परिच्छेद - ४

कारवाई सम्वन्धि व्यवस्था

१२. उजरी तथा निवेदनपत्र दर्ता पछिको कारवाहीः- १) लिखित प्रतिवाद पेश भएपछि उजुरी तथा निवेदनपत्र साथ संलग्न भएका लिखत प्रमाणहरु हेरी दुवै पक्षलाई छलफल गर्राई निर्णदिनु पर्ने विषय यकिन गरी समितिले निर्णगर्ने छ ।

२) उप विनियम १) अनुसार निर्णदिनका लागि विवादसंग सम्वन्धित थप कुनै प्रमाण वुझ्नु पर्ने भए समितिले आवश्यक प्रमाण वुझ्ने आदेश गर्न सक्नेछ ।

३) पेश भएका प्रमाणका सम्वन्धमा कुनै पक्षले दाखिल गरेका प्रमाण कागज सद्दे किर्तेमा सुनाउनु पर्ने भए सक्कल लिखत सम्वन्धित पक्षवाट दाखिल गर्न लगाई खामवन्दी गरी दुवै पक्षको दस्तखत गर्राई सुरक्षित रुपमा मिसिल साथ राख्नु पर्दछ ।

४) उप विनियम ३) वमोजिम मिसिल संलग्न गरिएको खामवन्दी कागज प्रमाणहरु दुवै पक्षको उपस्थितिमा सद्दे किर्ते बयानका लागि समिति समक्ष पेश गर्नु पर्नेछ ।

५) लिखतको प्राविधिक परीक्षण गर्नु पर्ने देखिएमा प्राविधिक परीक्षणको लागि चाहिने दस्तुर सम्वन्धित पक्षवाट दाखिल गर्न लगाई प्राधिकरणले सम्वन्धित विशेषज्ञ समक्ष परीक्षण गर्न पठाउनु पर्नेछ ।

६) विवादको सम्वन्धमा साक्षी नवुझी नहुने देखिएमा बकपत्रको लागि सम्वन्धित पक्षवाटै साक्षी उपस्थित गराउन तारिख तोकि दिनु पर्नेछ ।

७) साक्षी बकपत्रको लागि तारेख तोकिएका दिन साक्षी उपस्थित गराउन नसके अर्को दिन साक्षी वकपत्र गर्राईने छैन ।

८) वकपत्रको तारिखको दिन अपरान्ह १ वजे सम्म पनि अर्को पक्ष उपस्थित नभए पनि उपस्थित पक्षको साक्षीको वकपत्र गराउने कार्य रोकिने छैन ।

९) उप विनीयम ८) वमोजिम उपस्थित साक्षीहरुको वकपत्रको कार्य सम्पन्न हुन नसके साक्षीलाई तारिख तोकी भोलिपल्ट वकपत्र गराउनु पर्नेछ ।

१०) विवादको विषयमा पक्ष विपक्ष वाहेक प्राधिकरणले अन्य व्यक्तिसंग समेत आवश्यक कुरा वुझन सक्नेछ ।

१३. निवेदन पेसी सूचीः १) आवश्यकता अनुसार निवेदनहरु पेसी सूचीमा चर्ढाई समिति समक्ष पेश गरी सो को एक प्रति प्राधिकरणको सूचना पाटीमा टास गर्न लगाउनपर्छ ।

२) सामान्यतया निर्णगर्न रित पुगेका निवेदनहरुको दर्ता मिति अनुसार प्राथमिकताको आधारमा सुनवाई गरिने छ ।

३) प्राधिकरणले अन्यथा आदेश दिएमा वाहेक दैनिक पेसी सूचीमा जुन क्रमले निवेदनहरु चर्ढाईएको छ त्यसै क्रमले निवेदनहरु हेरिनेछ ।

४) प्राधिकरणमा पेश भएका निवेदनमा सम्बन्धित पक्षले चाहेमा कानुन व्यवसायी नियूक्त गर्न सक्नेछ ।

५) दैनिक पेसी सूचीमा चढेको कुनै पनि निवेदनमा कुनै पक्षले तारिख गुजारी थाम्न पाउने म्याद वाँकी भएको भन्ने समेत कुनै कुराले पनि सो सूचीवाट हर्टाईने छैन र कानून व्यवसायी , वारिस वा पक्ष हाजिर नभए पनि सुनुवाई स्थगित वा निर्णगर्न वाधा पुग्ने छैन ।

तर आपनो कावुभन्दा वाहिरको परिस्थितिले गर्दा नियुक्त कानून व्यवसायी उपस्थित हुन नसकेको भन्ने कुराको निवेदन समिति समक्ष पेश नहुदै दरखास्त गरेमा प्राधिकरणले सो निवेदन त्यस दिनलाई स्थगित राख्ने आदेश दिन सक्नेछ ।

६) दैनिक पेशी सूचीमा चढी सकेपछि तारिख गुजारे पनी ठहरे वमोजिम निर्ण हुनेछ ।

७) सम्बन्धित पक्ष वा निजको वारिस कानून वमोजिम पक्राउ परि वा कानूनी कारवाईको सिलसिलामा थुनामा परेको वा मृत्यु भएको वा आकस्मिक तवरवाट विरामी परेको वा पारिवारिक क्षति भएको वा आफ्नो काबूभन्दा बाहिरको कुनै परिस्थितिमा परेको हुँदा निवेदन पेश हुने दिन हाजिर हुन सक्दैन भन्ने सन्तोषप्रद कारण उल्लख गरी सरोकारवालाले दरखास्त दिएमा दैनिक पेशी सूचीबाट हर्टाई अर्को तारिख तोकिनेछ ।

८) उपविनियम ५) बमोजिम निवेदन स्थगित गर्ने वारेको दरखास्त सामान्यतया दुई पटक भन्दा बढी स्वीकार गरिने छैन ।

१४. म्याद तारेख थामिनेः- यस विनियम वमोजिम तोकिएको सूचनाको म्याद वा तारेख गुज्रन गएमा म्याद वा तारेख गुज्रिएको मितिले १५ दिन भित्र सो को कारण सहित सूचनाको म्याद वा तारेख थामी पाउन निवेदन दिएमा र त्यस्तो कारण मनासिव माफिकको देखिएमा एक पटकमा १५ दिनसम्म गुज्रेको सूचनाको म्याद वा तारेख थामिन सक्नेछ ।

माथि

परिच्छेद - ५

निर्ण आदेश

१५. निर्णर आदेशको ढाँचाः  १) प्राधिकरणवाट निवेदनका सम्वन्धमा गरिने निर्णअनुसूची - ८ वमोजिमको ढाँचामा हुनेछ ।

२) प्राधिकरणवाट निवेदन कारबाहीको सम्वन्धमा गरिने आदेश अनुसूची - ९ बमोजिमको ढाँचामा हुनेछ ।

१६.निर्णवा आदेश लेख्ने: १) निर्णर आदेश गर्ने सदस्यहरु मध्ये कुनै एक सदस्य आफैले निर्णवा आदेश लेख्नु पर्छ वा आफैले वोली तोकिएको कर्मचारीबाट टिपाउन सकिनेछ । यसरी तयार भएको निर्णवा आदेशमा सो लेख्ने वा लेखाउने सदस्यले सही गरे पछि सो निर्णवा आदेशसित सहमत हुने सदस्यहरुले पनि सही गर्नु पर्छ ।

२) निर्णवा आदेश गर्दा सदस्यहरुको राय फरक भएमा वा राय उही भए पनि व्यहोरा वेग्ला वेग्लै भएमा राय व्यहोरा मिल्नेहरुको एउटै र नमिल्नेले आफ्नो छुट्टै निर्ण आफै लेख्नु पर्नेछ ।

३) सदस्यले टिपाएको निर्णवा आदेश टिप्नेले पनि निर्णवा आदेशको पुछारमा देब्रेपट्ट अध्यक्ष वा फलाना सदस्यले टिपाए वमोजिम फलानाले टिपेको भनी लेखी सही गर्नु पर्छ ।

४) उप विनियम २) अनुसार फरक फरक राय भई निर्णभएकोमा उपस्थित सदस्यहरुको सामान्य वहुमतवाट भएको निर्णनै प्राधिकरणको निर्णमानिने छ ।

५) समितिको सम्पर्ण् सदस्य संख्याको ५१ प्रतिशतको उपस्थितिलाई गणपुरक संख्या मानि निर्णगर्न सकिने छ ।

१७. निर्णवा आदेश सुनाउनेः १) निवेदनको सुनुवाई पुरा भई सकेपछि उपस्थित रहेका पक्ष, वा वारिस राखि निर्णआदेश लेख्ने वा टिपाउने अध्यक्षवाट सोही दिन निर्णवा आदेश सुनाउन पर्नेछ ।

२) उप विनियम १) अनुसार निर्णवा आदेश सुनाउदा उपस्थित रहेका पक्षलाई सुनि पाएको निस्सा अनुसूची - १० वमोजिमको ढाँचामा गर्राई मिसिल सामेल राख्नु पर्नेछ ।

१८. निर्णवा आदेशमा हेरफेर गर्न नहुनेः सदस्यहरुको सही भई सकेको निर्णवा आदेशमा कुनै हेरफेर थपघट गर्नु हुदैन ।

१९. निर्णवा आदेशको सामान्य त्रुटीः १) सरोकारवाला पक्ष वा निजहरुका वारेसले प्राधिकरणबाट भएको अन्तिम निर्णवा आदेशको लेखाइमा कुनै भुल हुन गएको रहेछ भने त्यसकुराको जिकिर लिई निर्णवा अन्तिम आदेशको नक्कल प्राप्त गरेको मितिले दश दिन भित्र दरखास्त दिएमा त्यस्तो दरखास्त प्राधिकरण समक्ष पेश गरिने छ ।

२) उप विनियम १) बमोजिम पेश भएको दरखास्त छानविन गर्दा भुल सुधार हुनपर्ने देखिएमा पर्चा खडा गरि निर्णवा अन्तिम आदेशमा तात्विक असर नपर्ने गरि सामान्य त्रुटी सच्याउन सकिने छ ।

माथि

परिच्छेद -६

नक्कल सम्वन्धी व्यवस्था

२०. नक्कल लिन पाउनेः १ ) प्राधिकरणमा दर्ता भएको विवादको मिसिलको जुनसुकै कागज र प्राधिकरणको निर्णवा अन्तिम आदेशको नक्कल सम्बन्धित पक्ष वा निजका कानून व्यवसायीले प्रत्येक पृष्टको तिन रुपैया नक्कल दस्तुर तिरी प्राधिकरणबाट फोटोकपी गर्राई लिन पाउनेछ ।

२) नक्कल लिन चाहनेले अनुसूची - ११ बमोजिमको ढाँचामा दरखास्त गर्नर्दछ  र लिन पाउने आदेश भएको ५ दिन भित्र प्राधिकरणको तर्फाट फोटोकपी गर्राई लिन सक्नेछ ।

२१. नक्कल दिनेः १) नक्कल दिने आदेश भए पछि नक्कल दिने कर्तव्य भएको कर्मचारीले सम्वन्धित मिसिल कागजको फोटोकपी उपलव्ध गराउनुपर्नेछ ।

२) फोटोकपी गरिदिने कर्मचारीले दरखास्तमा जनाई विनियम २० को उप विनियम १) बमोजिम लाग्ने दस्तुर बुझी आम्दानी दर्ता कितावमा आम्दानी बाँधी नक्कलको लागि दिईएको निवेदनपत्रमा पनि असुल भएको अङ्क, मिति र दर्ता नम्वर खुलाई सही गर्नु पर्छ र दस्तुर वुझेको निस्सा दिई नक्कल दिनलाई तोकेको कर्मचारी छेउ पेश गर्नु पर्छ ।

३) प्राधिकरणले तोकेको कर्मचारीले सो नक्कल कागज प्रमाणित गरी प्राधिकरणको छाप लगाई दिनु पर्छ । नक्कल पाउन दिएको दरखास्तमा नक्कल बुझि लिएको सहि गर्राई मिसिल साथ राख्न लगाउनु पर्नेछ ।

माथि

परिच्छेद - ७

निर्णय आदेशको कार्यान्वयन सम्बन्धी व्यवस्था

२२. निर्णवा आदेशको कार्यान्वयन:  १) प्राधिकरणको निर्णवा अन्तिम आदेश उपर चित्त नवुभने पक्षले निर्णवा अन्तिम आदेश भएको मितिले पैंतिस (३५) दिन भित्र नियम २७ बमोजिम गठित पुनरावेदन समिति समक्ष पुनरावेदन गर्न सक्नेछ ।

२) उप विनियम १) बमोजिम पुनरावेदन परेकोमा पुनरावेदनको अन्तिम निर्ण्र्ााभएपछि र पुनरावेदन नपरेकोमा पुनरावेदन गर्ने म्याद नाघे पछि प्राधिकरणको निर्णवा आदेशको कार्यान्वयन गरिने छ ।

३) प्राधिकरणबाट भएका निर्णवा अन्तिम आदेशको लगत आर्थिक तथा लेखा शाखामा दिइनेछ ।

२३. आर्थिक तथा लेखा शाखाको जिम्मेवारीः १) प्राधिकरणबाट भएका निर्ण्र्ाावा अन्तिम आदेशको कार्यान्वयन सम्बन्धी सम्पर्ण काम प्राधिकरणको आर्थिक तथा लेखा शाखाको अधिकृतको जिम्मेवारीमा सोही शाखाबाट हुनेछ ।

२) विनियम २२ को उप विनियम ३) अनुसार प्राप्त लगतको आधारमा निर्णवा आदेश कार्यान्वयनका लागि सम्बन्धित निकायमा कार्यान्वयन वा पालना गर्नु पर्ने विषय खुलाई अनुसूची - १२ बमोजिमको ढाँचामनिर्णवा आदेश अन्तिम भएको मितिले पन्ध्र दिनको म्याद तोकि पठाउनु पर्नेछ ।

माथि

परिच्छेद - ८

विविध

२४. विनियमावली लागु हुनेः प्राधिकरणले गर्नु पर्ने काम कारवाहीका सम्वन्धमा ऐन तथा नियमावलीमा व्यवस्था भएकोमा सोही वमोजिम र अन्यथा यसै विनियमावलीमा उल्लेखित व्यवस्थाहरु लागु हुनेछ ।

२५. विनियमको व्याख्याः १) यो विनियमावलीमा उल्लेखित व्यवस्थाहरुको सम्वन्धमा कुनै अन्योल उत्पन्न भएमा प्राधिकरणले गरेको व्याख्या अन्तिम हुनेछ ।

२) यो विनियमावली कार्यान्वयनको क्रममा कुनै वाधा अड्चन आई परेमा वा यसमा उल्लेख नभएको विषयमा प्राधिकरणले दिएको निर्देशन यसै विनियमावली वमोजिम भए गरेको मानिने छ ।

३) यो विनियमावली आवश्यकतानुसार समय सापेक्ष रुपमा प्राधिकरणवाट संशोधन गर्न सकिनेछ ।

माथि

अनुसूची - १

(विनियम ३ को उप विनियम (५) को खण्ड (ञ) संग संवन्धित)

नेपाल दूरसंचार प्राधिकरणमा पेश गरिएको

त्रैमासिक / वाषिर्क फाँटवारी

सम्वत २०..... देखि २०............... सम्मको विवरण

क्र. सं. विषय दर्ता संख्या फछ्र्यौट संख्या फछ्र्यौट वाँकी संख्या कैफियत

तयार गर्ने कर्मचारीको पेश गर्ने कर्मचारीको

नामः- नामः-

पदः- पदः-

दस्तखतः- दस्तखतः-

मितिः- मितिः-

माथि

अनुसूची - २

(विनियम ३ को उप विनियम (५) को खण्ड ट) संग संवन्धित)

नेपाल दूरसंचार प्राधिकरणवाट खडा गरिएको

पञ्जिका

निवेदकको नाम र थरः- विपक्षीको नाम र थरः-

विषयः-

निवेदन दर्ता मितिः- निवेदन दर्ता &