|
|
|
|
| तपाईं यहां हुनुहुन्छ >> घर >> कानून |
| घर | ने.दू.प्रा. को बारेमा | कानून | एम.आइ.एस रिपोर्ट | सार्वजनिक सूचना | लिंक | विविध | प्रतिक्रिया | सम्पर्क गर्नुहोस | साइट म्याप |
|
कानून |
|
|
दूरसञ्चार ऐन, २०५३ || राष्ट्रिय प्रसारण ऐन २०४९ || सञ्चार संस्थान ऐन, २०२८ || रेडियो ऐन, २०१४ || उपभोक्ता संरक्षण ऐन, २०५४ (पूरा प्रतिको लागी यहां थिच्नुहोस्। ) दूरसञ्चार ऐन, २०५३ नेपाल राजपत्रमा प्रकाशित मितिः- २०५३।०९।१७ प्रारम्भ मितिः- २०५४।०७।१८ संसोधन गर्ने ऐनहरुः १. संचार सम्वन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको ऐन,२०५७ २०५७।१०।१८ २. आयकर ऐन, २०५८ २०५८।१२।१७ १. संक्षिप्त नाम र प्रारम्भ २. परिभाषा परिच्छेद - २ दूरसंचार प्राधिकरणको स्थापना र गठन ३. दूरसंचार प्राधिकरणको स्थापना ४. प्राधिकरण स्वशासित र संगठित संस्था हुने ५. प्राधिकरणको गठन ६. प्राधिकरणको कार्यालय ७. प्राधिकरणको वैठक र निर्णय ८. अध्यक्ष तथा सदस्यको पदावधी ९. अध्यक्ष तथा सदस्यलाई पदबाट हटाउने १०. अध्यक्ष वा सदस्यको पद रिक्त हुने ११. अध्यक्षको सेवा, शर्त र अन्य व्यवस्था १२. प्राधिकरणका कर्मचारीहरु परिच्छेद - ३ प्राधिकरणको काम, कर्तव्य र अधिकार १३. प्राधिकरणको काम र कर्तव्य १४. गुणस्तर निर्धारण र सेवाको स्तर तोक्ने १५. आदेश वा निर्देशन दिन सक्नेछ १६. विवाद समाधान गर्ने अधिकार १७. निरीक्षण तथा जांचबुझ परिच्छेद - ४ श्री ५ को सरकारको विशेषाधिकार १८. श्री ५ को सरकार आफैले दूरसंचार सेवा संचालन गर्न, गराउन सक्ने १९. श्री ५ को सरकारको विशेषाधिकार २०. निर्देशन दिने अधिकार परिच्छेद - ५ अनुमतिपत्र सम्बन्धी व्यवस्था २१. अनुमतिपत्र नलिई दूरसंचार सेवा संचालन गर्न नपाइने २२. अनुमतिपत्रको लागि निवेदन दिने सूचना प्रकाशन गर्नु पर्ने २३. अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने २४. अनुमतिपत्रको व्यवस्था २४क. अनुमतिपत्र लिनु नपर्ने २५. अनुमतिपत्रको अवधि र नविकरण २६. अनुमतिपत्रमा संशोधन २७. अनुमतिपत्रको बिक्रि वा हस्तान्तरण २८. अनुमतिपत्र खारेज गर्न सकिने २९. अनुमतिपत्र प्राप्त व्यक्तिले पालन गर्नु पर्ने शर्तहरु ३०. निर्देशित क्षेत्रमा दूरसंचार सेवा विकास, विस्तार र संचालन गर्नु पर्ने ३१ दूरसंचार प्रणाली परस्परमा जोडन र प्रयोग गर्न पाउने ३२. रोयल्टी बुझाउनु पर्ने ३३. श्री ५ को सरकारको स्वामित्व हुने
परिच्छेद - ६ अनुमतिपत्र प्राप्त व्यक्तिले पाउने सुविधा ३५. विदेशी विनिमय सुविधा परिच्छेद - ७ दूरसंचार लाइनको जडान र रेखदेख ३६. जग्गा प्रयोग गर्ने अधिकार ३७. दूरसंचार लाइन जा “च, मर्मत गर्न वा एक ठाउँबाट अर्को ठाउँमा र्सार्न सक्ने अधिकार३८. अरुको घर जग्गामा प्रवेश गर्ने ३९. क्षतिपर्ूर्ति सम्वन्धी व्यवस्था ४०. अरुको घर जग्गा उपयोग वा प्राप्ति परिच्छेद - ८ सेवा शुल्क निर्धारण तथा असुली ४१. सेवा उपलव्ध गराउनु पर्ने ४२. सेवा शुल्क ४३. सेवा बन्द गर्न सक्ने परिच्छेद - ९ प्राधिकरणको कोष लेखा र लेखापरीक्षण ४४. प्राधिकरणको कोष ४५. बजेट र खर्च ४६. प्राधिकरणको लेखा र लेखापरीक्षण परिच्छेद - १० सजायं र पुनरावेदन ४७ दण्ड सजाय ४८. पुनरावेदन ४९. रेडियो प्रिक्वेन्सी नीति निर्धारण सम्वन्धी व्यवस्था ५१. शपथ ग्रहण गर्नु पर्ने ५२. निर्देशिका बनाई लागु गर्ने ५३. प्राधिकरणको काम कारबाही बदर नहुने ५४. मुद्दा नचलाईने ५५. वाषिर्क प्रतिवेदन ५६. अधिकार प्रत्यायोजन ५७. श्री ५ को सरकार वादी हुने ५८. श्री ५ को सरकारसंग सम्पर्क ५९. प्रचलित कानून बमोजिम हुने ६०. बाधा अड्काउ फुकाउने अधिकार ६१. नियम वनाउने अधिकार ६२. विनियम वनाउने अधिकार ६३. खारेजी र बचाउ अनुसूची शपथ दूरसञ्चार ऐन, २०५३ नेपाल राजपत्रमा प्रकाशित मितिः- २०५३।०९।१७ प्रारम्भ मितिः- २०५४।०७।१८ संसोधन गर्ने ऐनहरुः १. संचार सम्वन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको ऐन,२०५७ २०५७।१०।१८ २. आयकर ऐन, २०५८ २०५८।१२।१७ प्रस्तावनः दूरसंचार सेवालाई भरपर्दो र र्सवसुलभ वनाउन, दूरसंचार सेवामा निजी क्षेत्रलाई समेत संलग्न गराउन तथा त्यस्तो सेवालाई नियमित र व्यवस्थित गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासन कालको पच्चीसौं वर्षा संसदले यो ऐन बनाएकोछ ।
प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भः १) यो ऐनको नाम "दूरसञ्चार ऐन, २०५३" रहेको छ । २) यो ऐन श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ । २. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, क) "दूरसंचार" भन्नाले आवाज, चिन्ह, संकेत, लेखोट,आकृति, कुनै प्रकारको गोप्य संकेत वा खबर उर्त्र्सजन -इमिसन), प्रसारण वा प्राप्तिको लागि कुनै तरिकाले पूनव्यवस्था, गणना वा अन्य परिवर्तन गरेको वा नगरेको त्यस्तो आवाज, चिन्ह, संकेत, लेखोट, आकृति वा गोप्य संकेत वा खबर, विद्युतीय माध्यमवाट ता, रेडियो, प्रकाश-अप्टीकल) वा अन्य विद्युत चुम्वकीय प्रणाली द्वारा उर्त्र्सजन, प्रसारण वा प्राप्ती गर्ने कार्य सम्झनु पर्दछ । ख) "दूरसंचार लाईन" भन्नाले दूरसंचार प्रणालीको सर्न्दर्भमा प्रयोग गरेको वा गरिने कुनै तार, केवल, उपकरण, टावर, खम्वम, एन्टिना, सुरुङ, प्वाल, खाडल, लठ्ठा वा अन्य संरचना वा वस्तु सम्झनु पर्दछ । ग) "दूरसंचार प्रणाली" भन्नाले दूरसंचार प्रणालीको सर्न्दर्भमा प्रयोग गरेको वा गरिने उपकरण वा उपकरणहरुको समुह सम्झनु पर्दछ । घ) "दूरसंचार सेवा" भन्नाले कुनै आवाज चिन्ह, संकेत, लेखोट, आकृती, गोप्य संकेत, वा खवर उर्त्र्सजन प्रसारण वा प्राप्तीको लागि कुनै तरिकाले पूनः व्यवस्था, गणना वा अन्य परिवर्तन गरेको वा नगरेको त्यस्तो आवाज, चिन्ह, संकेत, लेखोट, आकृती वा गोप्य संकेत वा खवर तार, रेडियो, प्रकाश वा अन्य विद्युत, चुम्वकीय प्रणालीद्वारा आदान प्रदान गर्ने कार्य सम्वन्धी सेवा संझनु पर्दछ । ङ) "प्राधिकरण" भन्नाले दफा -३) वमोजिम स्थापना भएको नेपाल दूरसंचार प्राधिकरण संझनु पर्दछ । च) "अध्यक्ष" भन्नाले नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष सम्झनु पर्दछ । छ) "सदस्य" भन्नाले नेपाल दूरसंचार प्राधिकरणको सदस्य सम्झनु पर्दछ र सो शव्लले अध्यक्षलाई समेत जनाउदछ । ज) "अनुमतिपत्र" भन्नाले दफा २४ वमोजिम दूरसंचरा सेवा संचालन गर्न दिईएको अनुमतिपत्र सम्झनु पर्दछ । झ) "अनुमतिपत्र प्राप्त व्यक्ति" भन्नाले दफा २४ वमोजिम दूरसंचार सेवा संचालन गर्न अनुमतिपत्र पाएको व्यक्ति सम्झनु पर्दछ । ञ) "ग्राहक" भन्नाले अनुमतिपत्र प्राप्त व्यक्तिले उपलव्ध गराएको दूरसंचार सेवा ग्रहण गर्ने व्यक्ति सम्झनु पर्दछ । ट) "शुल्क" भन्नाले यस ऐन वमोजिम दूरसंचार सेवा उपलव्ध गराए वापत ग्राहकवाट लिईने महशुल सम्झनु पर्दछ । ठ) "व्यक्ति" भन्नाले प्रचलित कानून वमोजिम स्थापित संगठित संस्थालाई समेत जनाउदछ । ड) "तोकिएको" वा "तोकिए वमोजिम" भन्नाले यस ऐन अर्न्तर्गत वनेको नियम वा विनियममा तोकिएको वा तोकिए वमोजिम सम्झनु पर्दछ । दूरसंचार प्राधिकरणको स्थापना र गठन ३. दूरसंचार प्राधिकरणको स्थापनाः दूरसंचार सेवालाई भरपर्दो र र्सवसुलभ वनाउन तथा त्यस्तो सेवालाई नियमित र व्यवस्थित गर्ने उद्देश्यले नेपाल दूरसंचार प्राधिकरणको स्थापना गरिएको छ । ४. प्राधिकरण स्वशासित र संगठित संस्था हुनेः १) प्राधिकरण अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ । २) प्राधिकरणको काम कारवाही को निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ । ३) प्राधिकरणले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपयोग गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ । ४) प्राधिकरणले व्यवक्ति सरह आफ्नो नामवाट नालिस उजुर गर्न र प्राधिकरण उपर पनि सोही नामवाट नालिस उजुर लाग्न सक्नेछ । ५. प्राधिकरणको गठनः १) प्राधिकरणमा दूरसंचार सेवासंग सम्वन्धित प्राविधिक र प्रशासनिक वजार व्यवस्थापन, लेखा तथा लेखापरिक्षण वा कानूनी क्षेत्रमा तोकिए वमोजिम योग्ता र अनुभव भएका अध्यक्ष सहित पांचजना सदस्यहरु रहनेछन् । २) प्राधिकरणका अध्यक्ष तथा सहस्यहरुको नियुक्तिको लागि सिफारिश गर्न श्री ५ को सरकारले सम्वद्ध क्षेत्रका विज्ञहरु समेत रहेको एक समिति गठन गर्नेछ र सो समितिको सिफारिशमा श्री ५ को सरकारले अध्यक्ष तथा सदस्यहरुको नियुक्ति गर्नेछ । ३) प्राधिकरणले आवश्यक देखेमा कुनै विशेषज्ञलाई प्राधिकरणको वैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ । ४) प्राधिकरणका वरिष्ठ अधिकृत कर्मचारीहरु मध्येवाट अध्यक्षले तोकेको कर्मचारीले प्राधिकरणको सचिव भई काम गर्नेछ । ६. प्राधिकरणको कार्यालय: प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र प्राधिकरणले आवश्यकता अनुसार नेपाल अधिराज्यभित्रमा शाखा कार्यालयहरु समेत खोल्न सक्नेछ । ७. प्राधिकरणको वैठक र निर्णय: १) प्राधिकरणको वैठक आवश्यकतानुसार बस्नेछ । २) प्राधिकरणको बैठक अध्यक्षले तोकेको स्थान, मिति र समयमा बस्नेछ । ३) प्राधिकरणको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरुले आफू मध्येवाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ । ४) प्राधिकरणको कुल सदस्य संख्याको पचार प्रतिशत भन्दा वढी सदस्यहरु उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ । ५) प्राधिकरणको बैठकमा बहुमतको राय प्राधिकरणको निर्णय मानिनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ । ६) प्राधिकरणको बैठकको निर्णय अध्यक्षद्वारा प्रमाणित गरिनेछ र त्यस्तो निर्णय प्राधिकरणको सचिवले सबै सदस्यहरुलाइ उपलब्ध गराउनेछ । ७) प्राधिकरणको बैठक सम्वन्धी अन्य कार्यविधि प्राधिकरण आफैले निर्धारण गरे बमोजिम हुनेछ । ८. अध्यक्ष तथा सदस्यको पदावधीः १) अध्यक्ष तथा सदस्यको पदावधी पांच वर्षो हुनेछ । २) दफा ५ को उपदफा २) बमोजिमको समितिले अध्यक्ष तथा सदस्यको काम सन्तोषजनक देखाई पूनः नियुक्तिको लागि सिफारिश गरेमा श्री ५ को सरकारले निजलाई अध्यक्ष तथा सदस्यमा पूनः नियुक्ति गर्न सक्नेछ । ९. अध्यक्ष तथा सदस्यलाई पदबाट हटाउनेः १) दफा ८ मा जुनसुकै कुरा लेखिएको भएता पनि देहायका अवस्थामा श्री ५ को सरकारलदे अध्यक्ष तथा सदस्यलाई पदबाट हटाउन सक्नेछः- क) कार्य क्षमताको अभाव भएमा, ख) खराब आचरण भएमा, ग) इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्य पालन नगरेमा, घ) मानसिक सन्तुलन ठीक नभएमा वा मगज ब्रि्रेमा, वा ङ) दूरसंचार सेवा वा प्रणाली संचालन गर्ने कुनै र्फम वा संगठित संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वामित्व वा निजी स्वार्थ भएमा । २) उपदफा १) बमोजिम अध्यक्ष वा सदस्यलाई पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिईनेछ । १०. अध्यक्ष वा सदस्यको पद रिक्त हुनेः देहायका अवस्थामा अध्यक्ष वा सदस्यको पद रिक्त भएको मानिनेछः- क) श्री ५ को सरकार समक्ष दिएको लिखित राजीनामा स्वीकृत भएमा, ख) दफा ८ बमोजिम निजको पदावधी पूरा भएमा, ग) दफा ९ बमोजिम निजलाई पदबाट हटाइएमा, घ) कुनै फौजदारी अभियोगमा अदालतवाट कसूरदार ठहरेमा, वा ङ) निजको मृत्यु भएमा । ११. अध्यक्षको सेवा, शर्त र अन्य व्यवस्थाः १) अध्यक्ष प्राधिकरणको पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछ । २) अध्यक्षको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त तथा काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछन् । ३) कुनै व्यक्ति अध्यक्षमा नियुक्त भएपछि निजलाई मर्का पर्ने गरी निजको पारिश्रमिक सुविधा तथा सेवाका अन्य शर्तहरु बदलिने छैन । ४) प्राधिकरणको बैठकमा भाग लिए वापत सदस्यले तोकिए बमोजिम बैठक भत्ता पाउनेछ । १२. प्राधिकरणका कर्मचारीहरू: १) प्राधिकरणको कार्य सञ्चालन गर्नको लागि प्राधिकरणमा आवश्यक संख्यामा कर्मचारीहरु रहनेछन् । २) उपदफा १) बमोजिमका कर्मचारीहरुको नियुक्ति, पारि-मिक, सुविधा तथा सेवाका शर्तहरु तोकिए बमोजिम हुनेछन् । ३) उपदफा २) मा जुनसुकै कुरा लेखिएको भएतापनि प्राधिकरणको कर्मचारीहरको नियुत्तिः नभएसम्मको लागि श्री ५ को सरकारले प्राधिकरणको अनुरोधमा श्री ५ को सरकार वा कुनै संगठित संस्थाका कर्मचारीहरुलाई प्राधिकरणवाटै तलव भत्ता खाने गरी प्राधिकरणमा काम गर्न काजमा खटाउन सक्नेछ । प्राधिकरणको काम, कर्तव्य र अधिकार १३. प्राधिकरणको काम र कर्तव्यः प्राधिकरणको काम र कर्तव्य देहाय बमोजिम हुनेछ:- क) दूरसंचार सेवाको विकासको लागि श्री ५ को सरकारले अपनाउनु पर्ने नीति, योजना र कार्यक्रमको सम्बन्धमा श्री ५ को सरकारलाई सुझाव दिने । ख) दूरसंचार सेवा तथा सुविधा र्सवसुलभ र भरपर्दो बनाउने । ग) आधारभूत दूरसंचार सेवा र सुविधा नेपाल अधिराज्भर शहरी तथा ग्रामीण सबै क्षेत्रमा पुर्याउन आवश्यक व्यवस्था गर्ने । घ) दूरसंचार सेवा संचालनमा स्वदेशी तथा विदेशी निजी क्षेत्रका लगानीकर्ताहरुलाई सहभागी बनाउने । ङ) दूरसंचार सेवा र सुविधा र्सवसाधारण सबैलाई उपलब्ध गराउन त्यस्तो सेवा र सुविधा प्रदान गर्ने व्यक्तिहरु बीच समन्वय र स्वस्थ प्रतिस्पर्धा हुने व्यवस्था गर्ने । च) दूरसंचार सेवा र दूरसंचार सम्वन्धी यन्त्र तथा उपकरणहरुको स्तर तोक्ने, गुणस्तर निर्धारण गर्ने तथा स्वीकृत गर्ने । छ) दूरसंचार सेवालाई नियमित र व्यवस्थित गर्ने । ज) .........दूरसंचार सेवा संचालन गर्न अनुमतिपत्र दिने । झ) अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा उपलब्ध गराए बापत लिने शुल्क स्वीकृत र नियमित गर्ने । ञ) रेडियो प्रिmक्वेन्सी नीति निर्धारण समितिद्वारा निर्धारित निित अनुरुप प्रिmक्वेन्सी सम्वन्धी काम गर्ने । ट) दूरसंचारको क्षेत्रमा नयां प्रविधिको विकास तथा उपयोगबारे अनुसन्धान गर्ने, गराउने । ठ) दूरसंचार क्षेत्रको लागि दक्ष जनशक्ति विकास गराउने । ड) उपभोक्ताहरुको हकहितको संरक्षण हुने गरी दूरसंचार सेवाको विकास र विस्तार गर्ने, गराउने । ढ) दूरसंचारका सम्वन्धमा नेपाललाई अन्तर्रराष्ट्रिय ट्रान्जिटको रुपमा विकास गर्ने, गराउने । ण) दूरसंचार सेवाको विकास र प्रबर्द्धनको लागि आवश्यक र उपयुक्त अन्य काम गर्ने । १४. गुणस्तर निर्धारण र सेवाको स्तर तोक्नेः १) प्राधिकरणले दूरसंचार सेवार दूरसंचार सम्वन्धीयन्त्र, उपकरण तथा सुविधाहरुको गुणस्तर निर्धारण गर्नेछ । २) प्राधिकरणले अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा संचालन गर्दा कायम गर्नु पर्ने न्यूनतम स्तर तोकिदिनेछ । १५. आदेश वा निर्देशन दिन सक्नेछ: १) प्राधिकरणले श्री ५ को सरकारको नीति निर्देशनलाई ध्यानमा राखी अनुमतिपत्र प्राप्त व्यक्तिलाई आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ र त्यस्तो आदेश वा निर्देशनको पालना गर्नु सम्वन्धित व्यक्तिको कर्तव्य हुनेछ । २) प्राधिकरणले अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारबाहीको विवरण तथा संचालन गरेका दूरसंचार सेवा सम्वन्धी विवरण माग गर्न सक्नेछ र त्यस्तो विवरण उपलब्ध गराउनु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ । १६. विवाद समाधान गर्ने अधिकारः १) प्राधिकरणलाई अनुमतिपत्र प्राप्त व्यक्तिहरु बीच वा अनुमतिपत्र प्राप्त व्यक्ति र ग्राहक बीच भएको दूरसंचार सेवा सम्बन्धी विवाद समाधान गर्ने अधिकार हुनेछ । २) उपदफा १) बमोजिम विवाद समाधान गर्ने तरिका र कार्यविधि तोकिए बमोजिम हुनेछ । १७. निरीक्षण तथा जांचबुझः १) प्राधिकरणले आवश्क देखेमा जुनसुकै बखत अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारबाही वा उपलव्ध गराएको सेवाको सम्वन्धमा निरीक्षण वा जांचबुझ गर्न सक्नेछ । २) प्राधिकरणले उपदफा १) बमोजिम निरीक्षण वा जांचबुझ गर्ने प्रयोजनको निमित्त प्राधिकरणको कुनै व्यक्ति वा निकायलाई तोक्न सक्नेछ । ३) निरीक्षण वा जांचबुझको सिलसिलामा प्राधिकरण वा उपदफा २) बमोजिम तोकिएको निकाय वा व्यक्तिले मागेको जानकारी वा विवरण तथा कागजात उपलब्ध गराउनु सम्बन्धित अनुमतिपत्र प्रँप्त व्यक्तिको कर्तव्य हुनेछ । ४) यस दफा बमोजिम निरीक्षण वा जांचबुझ गर्दा अपनाउने कार्यविधि, त्यसको प्रतिवेदन र प्रतिवेदनको कार्यान्वयन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ । श्री ५ को सरकारको विशेषाधिकार १८. श्री ५ को सरकार आफैले दूरसंचार सेवा संचालन गर्न, गराउन सक्नेः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि श्री ५ को सरकार आफैले दूरसंचार सेवा संचालन गर्न, गराउन सक्नेछ । १९. श्री ५ को सरकारको विशेषाधिकारः १) संकटकालीन अवस्था परी वा राष्ट्रिय सुरक्षाको कारणले खबर आदान प्रदानमा रोक लगाृनु पर्ने भएमा वा त्यस्तो खबर आदान प्रदान गर्ने प्रणालीमा नियन्त्रण गर्नु पर्ने आवश्यकता देखिएमा श्री ५ को सरकारले देहायका काम गर्न सक्नेछः- क) अनुमतिपत्र प्रँप्त व्यक्तिले जडान गरेको, संचालन गरेको वा रेखदेख गरिरहेको दूरसंचार लाईन र दूरसंचार प्रणाली अस्थायी तवरमा आफ्नो कब्जामा लिने, ख) कुनै खास किसिमको विषय, व्यक्ति वा समुदायसंग सम्वन्धित लबर टेप गर्न, त्यस्तो खबर पठाउने व्यक्ति पहिल्याउन वा त्यस्तो खबरको प्रसारण रोक्न आदेशदिने । २) उपदफा १) बमोजिमको अवस्था समाप्त भएपछि श्री ५ को सरकारले आफ्नो कब्जामा पलएको दूरसंचार लाइृन र दूरसंचार प्रणाली सम्वन्धित अनुमतिपत्र प्रँप्त व्यक्तिहरुलाई फिर्ता दिनेछ । २०. निर्देशन दिने अधिकारः श्री ५ को सरकारले देशको संचार नीति अनुकूल दूरसंचार सेवालाई विविधिकरण, विस्तारतथा नियमित गर्ने सम्बन्धमा प्राधिकरणलाई समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालना गर्नु प्राधिकरणको कर्तव्य हुनेछ । अनुमतिपत्र सम्बन्धी व्यवस्था २१. अनुमतिपत्र नलिई दूरसंचार सेवा संचालन गर्न नपाइनेः यो ऐन प्रारम्भ भएपछि कसैले पनि अनुमतिपत्र नलिई दूरसंचार सेवा संचालन गर्न पाउने छैन । २२. अनुमतिपत्रको लागि निवेदन दिने सूचना प्रकाशन गर्नु पर्नेः १) दफा २ ३ को उपदफा २) कमोजिम तोकिएको दूरसंचार सेवा बाहेक प्राधिकरणले अन्य दूरसंचार सेवा संचालन गर्ने अनुमतिपत्र प्रदान गर्नु अघि त्यस्तो सेवाको लागि प्रदान गरिने अनुमतिपत्रको संख्या र दूरसंचारको किसिम निर्धारण गरी अनुमतिपत्रको लागि निवेदन दिने म्याद सहितको सूचना सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ । २) उपदफा १०) बमोजिम कुनै दूरसंचार सेवाको अनुमतिपत्र प्रदान गरी सकेपछि पांच वर्षम्म सोही दूरसंचार सेपा संचालन गर्न अर्को अनुमतिपत्र दिइने छैन । तर अनुमतिपत्र प्रँप्त व्यक्तिले अनुमतिपत्रमा तोकिए बमोजिमको दूरसंचार सेवा उपलब्ध गराउन नसकेमा वा वस्तुगत मुल्याङ्कनको आधारमा त्यस्तो दूरसंचार सेवाको थप आवश्यकता छ भन्ने देखिएमा प्राधिकरणले अन्य व्यक्तिलाई अनुमतिपत्र दिन यस उपदफाले बाधा पुर्याउने छैन । २३. अनुमतिपत्रको लागि निवेदन दिनु पर्नेः १) यस ऐन बमोजिम दूरसंचार सेवा संचालन गर्न चाहने तोकिए बमोजिमको पूंजी, प्राविधिक निपूणता तथा पेशा सम्बन्धी दक्षता भएका योग्य व्यक्तिले आफूले संचालन गर्न चाहेको दूरसंचार सेवा सम्बन्धी आर्थिक तथा प्राविधिक अध्ययन प्रतिवेदन र कार्य सञ्चालन योजनासंलग्न गरी तोकिए बमोजिमका कुराहरु खुलाई प्राधिकरणले दफा २२ बमोजिम तोकिदिएको म्यादभित्र अनुमतिपत्रको लागि प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ । २) उपदफा १) मा जुनसुकै कुरा लेखिएको भएतापनि श्री ५ को सरकारले प्राधिकरणको सिफारिश लिई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकि दिए बमोजिमको दूरसंचार सेवा संचालन गर्ने अनुमतिपत्रको लागि जुनसुकै बखत निवेदन दिन सकिनेछ ........ । ३) यो ऐन प्रारम्भ हुनु अगावै श्री ५ को सरकारवाट अनुमति लिई दूरसंचार सेवा संचालन गरिरहेका व्यक्तिले आफुले संचालन गरिरहेको सेवा सम्बन्धी विवरणहरु खुलाई यो ऐन प्रारम्भ भएको छ महिना भित्र अनुमतिपत्रको लागि प्राधिकरण समक्ष निवेदन दिई एक वर्षभित्र अनुमतिपत्र लिईसक्नु पर्नेछ । २४. अनुमतिपत्रको व्यवस्थाः १) दफा २३ बमोजिम निवेदन प्राप्त भएपछि प्रँधिकरणले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा थप जानकारी वा विवरण लिन आवश्यक देखेमा प्राधिकरणले त्यस्तो निवेदन दिने व्यक्तिसग थप जानकारी वा विवरण माग गर्न सक्नेछ । २) उपदफा १) बमोजिम आवश्यक जाँचबुझ गर्दा प्राधिकरणले अनुमतिपत्र दिन उपयुक्त देखेमा उपदफा ३) र ४) बमोजिम दिइने अनुमतिपत्र बाहेक अन्य अनुमतिपत्रको लागि तोकिए बमोजिमको दस्तुर लिई निवेदकलाई अनुमतिपत्र दिनु पर्नेछ । ३) उपदफा १) बमोजिम & |