|
|
|
|
| तपाईं यहां हुनुहुन्छ >> घर >> दूरसंचार नियमावली |
| घर | ने.दू.प्रा. को बारेमा | कानून | एम.आइ.एस रिपोर्ट | सार्वजनिक सूचना | लिंक | विविध | प्रतिक्रिया | सम्पर्क गर्नुहोस | साइट म्याप |
|
कानून |
|
|
दूरसंचार नियमावली, २०५४ || रेडियो संचार (लाइसेन्स) नियमावली, २०४९ || राष्ट्रिय प्रसारण नियमावली, २०५२ || उपभोक्ता संरक्षण नियमावली, २०५६ || अन्तर्राष्ट्रिय दूरसंचार संघ रेडियो नियमावली (पूरा प्रति को लागि यहां क्लिक गर्नुहोस्।) दूरसंचार नियमावली, २०५४
नेपाल राजपत्रमा प्रकाशित मिति:-२०५४।०७।१८ प्रथम संसोधन:- २०५५।११।१७ दोश्रो संसोधन:- २०५८।१२।१४ तेश्रो संसोधन:- २०५९।०१।१२
दूरसंचार ऐन, २०५३ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले देहायका नियमहरु बनाएकोछ । प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: १) यो नियमहरुको नाम "दूरसंचार नियमावली, २०५४" रहेको छ । २) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- क) "ऐन" भन्नाले दूरसंचार ऐन, २०५३ सम्झनु पर्छ । ख) "निरीक्षक" भन्नाले ऐनको दफा १७ को उपदफा २) बमोजिम निरीक्षण वा जाँचबुझ गर्न प्राधिकरणबाट तोकिएको व्यक्ति वा निकाय सम्झनु पर्छ । ग) "समिति" भन्नाले ऐनको दफा ४९ बमोजिमको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति सम्झनु पर्छ । घ) "मन्त्रालय" भन्नाले श्री ५ को सरकार, सूचना तथा संचार मन्त्रालय सम्झनु पर्छ । अध्यक्ष तथा सदस्यको योग्यता सम्बन्धी ३. अध्यक्ष तथा सदस्यको योग्यता: प्राधिकरणको अध्यक्ष तथा सदस्य हुनको लागि ऐनको दफा ५ को उपदफा १) मा उल्लेखित क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक तहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा अध्यक्षको हकमा कम्तीमा दश वर्ष र सदस्यको हकमा कम्तीमा सात वर्ष अनुभव प्राप्त गरेको नेपाली नागरिक हुनुपर्नेछ । ४. अध्यक्षको काम कर्तव्य र अधिकार: अध्यक्षको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ: क) प्राधिकरणको प्रशासनिक प्रमुखको रुपमा काम गर्ने, ख) प्राधिकरणको वार्षिक योजना तथा कार्यक्रम तर्जुमा गरी गर्राई प्राधिकरणको वैठकमा पेश गर्ने, ग) प्राधिकरणको कोषको रेखदेख तथा नियन्त्रण गर्ने, घ) प्राधिकरणको सम्पत्तिको स्याहार सम्भार गर्ने, गराउने, ङ) प्राधिकरण र श्री ५ को सरकार तथा अन्य संघ संस्था बीच सम्पर्क अधिकारीको रुपमा काम गर्ने, च) ऐन वा यस नियमावली बमोजिम प्राधिकरणबाट प्रत्यायोजित अन्य काम गर्ने, गराउने । ५. अध्यक्षको पारिश्रमिक, सुविधा र सेवाको अन्य शर्त: अध्यक्षको पारिश्रमिक, सुविधा र सेवाको अन्य शर्तहरु ऐन वा यस नियमावली अर्न्तर्गत बनाइने विनियममा तोकिए बमोजिम हुनेछ र विनियमावली नबनेसम्म निजको पारिश्रमिक, सुविधा र सेवाको अन्य शर्तहरु श्री ५ को सरकारले तोकिदिए बमोजिम हुनेछ । ६. बैठक भत्ता: अध्यक्ष तथा सदस्यहरुले प्राधिकरणको प्रत्येक बैठकमा भाग लिए बापत मन्त्रालयले तोकिदिए बमोजिमको रकम बैठक भत्ता पाउनेछन् । अनुमतिपत्र सम्बन्धी व्यवस्था ७. अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने: १) ऐनको दफा २३ को उपदफा १) बमोजिम दूरसंचार सेवा संचालन गर्न चाहने नियम ८ बमोजिमको पूँजी, प्राविधिक निपुणता तथा पेशा सम्बन्धी दक्षता भएका व्यक्तिले ऐनको दफा २२ को उपदफा १) बमोजिम प्राधिकरणले प्रकाशन गरेको सार्वजनिक सूचनामा उल्लिखित म्याद भित्र आफूले संचालन गर्न चाहेको दूरसंचार सेवा सम्बन्धी आर्थिक तथा प्राविधिक अध्ययन प्रतिवेदन र कार्य सञ्चालन योजना संलग्न गरी सो सूचनामा उल्लिखित कुराहरु समेत खुलाई अनुसूची १ बमोजिमको ढा “चामा प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ ।२) उपनियम १) मा जुनसुकै कुरा लेखिएको भएता पनि ऐनको दफा २३ को उपदफा २) बमोजिम श्री ५ को सरकारले नेपाल रनजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको दूरसंचार सेवा संचालन गर्ने अनुमतिपत्र लिनको लागि अनुसूची १ बमोजिमको ढा “चामा जुनसुकै बखत प्राधिकरण समक्ष निवेदन दिन सकिनेछ ।३) ऐनको दफा २३ को उपदफा ३) बमोजिम ऐन प्रारम्भ हुनु अगावै श्री ५ को सरकारवाट अनुमतिपत्र लिई दूरसंचार सेवा संचालन गरिरहेका व्यक्तिले अनुमतिपत्र लिनको लागि ऐन प्ररम्भ भएको मितिले छ महिना भित्र अनुसूची २) बमोजिको ढाँचामा प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ । ८. अनुमतिपत्र लिन चाहिने पूँजी, प्राविधिक निपुणता तथा पेशा सम्बन्धी दक्षता: नियम ७ को उपनियम १) बमोजिम अनुमतिपत्र लिनको लागि अनुसूची - ३ तोकिए बमोजिमको पू ँजी र प्राविधिक निपुणता तथा पेशा सम्बन्धी दक्षता हुनुपर्नेछ ।९. आर्थिक तथा प्राविधिक अध्ययन प्रतिवेदन र कार्य संचालन योजनामा खुलाउनु पर्ने कुराहरु: नियम ७ को उपनियम १) बमोजिम संलग्न गर्नु पर्ने आर्थिक तथा प्राविधिक अध्ययन प्रतिवेदन र कार्य संचालन योजनामा निवेदकले अन्य कुराको अतिरिक्त देहायका कुराहरु अनिवार्य रुपले खुलाएको हुनुपर्नेछ:- क) दूरसंचार सेवा संचालन गर्नको लागि आवश्यक पर्ने रकम, ख) लगानी गर्ने क्षमता, ग) दूरसंचार सेवाको लागि प्रयोग गरिने दूरसंचार प्रणाली, त्यसको गुणस्तर तथा क्षमता, घ) दूरसंचार सेवा संचालन गर्दा जग्गा प्राप्ति गर्नु पर्ने भए सो र मुआव्जा दिनु पर्ने भए क्षतिपूर्ति रकम, ङ) कुनै व्यक्ति वा संस्थासंग सम्झौता गर्नु पर्ने भए सम्झौताका कुराहरु, च) दूरसंचार सेवाको संचालन विधि, छ) दूरसंचार सेवा संचालन गरे वापत ग्राहकसंग लिने शुल्कको रकम, ज) प्राधिकरणले तोकिदिएका अन्य आवश्यक कुराहरु । १०. अनुमतिपत्र लिनु पर्ने: १) नियम ७ को उपनियम १) बमोजिम अनुमतिपत्रको लागि कुनै निवेदन परेमा प्राधिकरणले सो निवेदन र निवेदन साथ संलग्न कागजातहरु जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा एकजना व्यक्ति मात्र त्यस्तो दूरसंचार सेवा संचालन गर्न योग्य देखिएमा प्राधिकरणले त्यस्तो व्यक्तिसंग वार्ताद्वारा अनुमतिपत्र दस्तुर, नवीकरण दस्तुर र रोयल्टी निर्धारण गरी निवेदकलाई अनुसूची - ४ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ । २) उपनियम १) बमोजिम जाँचबुझ गर्दा निवेदन दिने एक जना भन्दा बढी व्यक्तिहरु त्यस्तो दूरसंचार सेवा संचालन गर्न योग्य देखिएमा प्राधिकरणले ती सबै व्यक्तिहरुलाई अनुमतिपत्र दस्तुर, नविकरण दस्तुर र रोयल्टीका सम्वन्धमा बढाबढ गर्न सुचना दिई बढाबढमा सबभन्दा बढी बोल कवोल गर्ने व्यक्तिलाई उपनियम १) बमोजिम अनुमतिपत्र दिनुपर्नेछ । ३) उपनियम २) बमोजिम अनुमतिपत्र दिंदा प्राधिकरणले अनुमतिपत्रको लागि निवेदन दिने व्यक्तिले कबूल गरेका अनुमतिपत्र दस्तुर, सो अनुमतिपत्र पहिलो पटक नविकरण गरे बापत बुझाउने दस्तुर र अनुमतिपत्रको अवधिभर बुझाउन कबूल गरेको रोयल्टी रकम हिसाब गर्दा सबभन्दा बढी रकम बुझाउन कबोल गर्ने व्यक्तिलाई अनुमतिपत्र दिनु पर्नेछ । ४) उपनियम १) र २) बमोजिम दिईने अनुमतिपत्रको लागि कबूल गर्नु पर्ने अनुमतिपत्र दस्तुर, अनुमतिपत्र नविकरण दस्तुर र रोयल्टीको न्यूनतम रकम प्राधिकरणले ऐनको दफा २२ को उपदफा १) बमोजिम प्रकाशन गरेको सूचनामा उल्लेख भए बमोजिम हुनेछ । ५) नियम ७ को उपनियम २) बमोजिम अनुमतिपत्रको लागि कुनै निवेदन परेमा प्राधिकरणले सो निवेदन र निवेदन साथ संलग्न कागजात जाँचबुझ गर्नेछ र हृत्यसरी जाँचबुझ गर्दा अनुमतिपत्र दिन उपयुक्त देखिएमा निवेदन दिने व्यक्तिलाई उपनियम १) बमोजिम अनुमतिपत्र दिनुपर्नेछ । ६) नियम ७ को उपनियम ३) बमोजिम अनुमतिपत्रको लागिकुनै निवेदन परेमा प्राधिकरणले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी निवेदकलाई अनुसूची - ५ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ । ७) यस नियम बमोजिम अनुमतिपत्र दिंदा अपनाउनु पर्ने अन्य कार्यविधि प्राधिकरणले तोके बमोजिम हुनेछ । ११. अनुमतिपत्र दस्तुर: १) नियम १० को उपनियम ५) र ६) बमोजिम दिईने अनुमतिपत्रको लागि देहाय बमोजिमको अनुमतिपत्र दस्तुर लाग्नेछ:- क) नियम १० को उपनियम ५) बमोजिम दिईने अनुमतिपत्रको लागि अनुसूची ६ मा तोकिए बमोजिमको दस्तुर, ख) नियम १० को उपनियम ६) बमोजिम दिईने अनुमतिपत्रको लागि अनुसूची - ६ क) मा तोकिए बमोजिमको अनुमतिपत्र दस्तुर । २) यस नियमावली बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले तिर्नुपर्ने अनुमतिपत्र दस्तुर एकैपटक वा प्राधिकरणले तोके बमोजिम किस्ताबन्दीको आधारमा अनुमतिपत्रको अवधि भित्र बुझाउनु पर्नेछ । अनुमतिपत्रको नवीकरण, संशोधन र हस्तान्तरण १२. अनुमतिपत्रको अवधि र नवीकरण: १) अनुमतिपत्रको अवधी ऐनको दफा २५ को उपदफा १) को अधीनमा रही देहाय बमोजिमको हुनेछ:- क) नियम १० को उपनियम ५) बमोजिम दिईने अनुमतिपत्रको अवधि पा “च वर्षख) नियम १० को उपनियम १), २) र ६) बमोजिम दिईने अनुमतिपत्रको अवधि अनुमतिपत्रमा तोकिए बमोजिम । २) अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले पाएको अनुमतिपत्र नवीकरण गर्न चाहेमा सो अनुमतिपत्रको अवधि समाप्त हुनु भन्दा ६ महिना अगावै नियम १० को उपनियम १) र २) बमोजिम पाएको अनुमतिपत्रको लागि आफूले कबुल गरेको नवीकरण दस्तुर र नियम १० को उपनियम ५) र ६) बमोजिम पाएको अनुमतिपत्र नवीकरणको लागि अनुसुची - ७ मा तोकिए बमोजिमको नवीकरण दस्तुर संलग्न गरी प्राधिकरण समक्ष निवेदन दिनुपर्नेछ । ३) उपनियम २) बमोजिमको म्यादभित्र अनुमतिपत्र नवीकरण नगराउने अनुमतिपत्र प्राप्त व्यक्तिले सो म्यादभित्र आफूले अनुमतिपत्र नवीकरण गराउन नसकेको मनासिब कारण खुलाई अनुमतिपत्र नवीकरणको लागि प्राधिकरण समक्ष निवेदन दिएमा र सो कारण मनासिब देखिएमा प्राधिकरणले एक महिनासम्मको लागि नवीकरण दस्तुरको पच्चीस प्रतिशत, तीन महिनासम्मको लागि नवीकरण दस्तुरको पचास प्रतिशत र छ महिना सम्मको लागि नवीकरण दसतुरको शत प्रतिशत थप दस्तुर लिई अनुमतिपत्र नवीकरण गरिदिन सक्नेछ । ४) उपनियम ३) बमोजिमको म्याद भित्र पनि अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रनवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र नवकिरण गरिने छैन । १३. अनुमतिपत्रमा संशोधन गर्न सकिने: १) अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रमा उल्लेखित कुनै कुरा संशोधन गर्न आवश्यक देखेमा सो संशोधन गर्नु परेको कारण खुलाई अनुसूची - ८ बमोजिमको ढाँचामा प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ । २) उपनियम १) बमोजिम कुनै निवेदन पर्न आएमा प्राधिकरणले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा अनुमतिपत्रमा संशाधनको लागि दिईएको कारण मनासिव र उचित देखिएमा अनुमतिपत्रमा मूलभुत कुरा फरक नपर्ने भएमा पन्ध्रहजार रुपैंया दस्तुर लिई अनुमतिपत्रमा संशोधन गरिदिनु पर्नेछ । १४. अनुमतिपत्रको विक्री वा हस्तान्तरण: १) ऐनको दफा २७ बमोजिम अनुमतिपत्र विक्री वा अन्य तवरले हक हस्तान्तरण गरी लिन दिन चाहने व्यक्तिले आपसमा निर्धारित तत्सम्बन्धी शर्त बन्देज समेत उल्लेख गरी स्वीकृतिको लागि अनुसूची - ९ बमोजिमको ढाँचामा प्राधिकरण समक्ष संयुक्त निवेदन दिनु पर्नेछ । २) उपनियम १) बमोजिम कुनै निवेदन पर्न आएमा प्राधिकरणले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा थप जानकारी वा विवरण लिन आवश्यक देखिएमा प्राधिकरणले त्यसरी निवेदन दिने व्यक्तिहरुसंग थप विवरण वा जानकारी माग गर्न सक्नेछ । ३) उपनियम १) बमोजिम प्राप्त निवेदन र निवेदन साथ संलग्न कागजात तथा उपनियम २) बमोजिम माग गरिएको थप जानकारी वा विवरण समेतवाट अनुमतिपत्र विक्री वा अन्य तवरले हक हस्तान्तरण गरी दिन उचित देखेमा प्राधिकरणले निवेदकहरुसंग अनुमतिपत्र दस्तुरको पाँच प्रतिशतले हुने रकम लिई अनुमतिपत्र विक्री वा अन्य तवरले हक हस्तान्तरण गर्न स्वीकृति दिनु पर्नेछ । अनुमतिपत्र प्राप्त व्यक्तिले पालना गर्नु पर्ने शर्तहरु १५. अनुमतिपत्र प्राप्त व्यक्तिले पालन गर्नु पर्ने शर्तहरु: १) ऐन वा यस नियमावलीमा उल्लिखित शर्तहरुको अतिरिक्त अनुमतिपत्र प्राप्त व्यक्तिले देहायका शर्तहरु पालन गर्नु पर्नेछ:- क) प्राधिकरणले निर्धारण गरिदिएको गुणस्तर अनुसारको दूरसंचार सम्वन्धी यन्त्र तथा उपकरण प्रयोग गरी ग्राहकलाई दूरसंचार सेवा उपलव्ध गराउनु पर्ने । ख) प्राधिकरणले समय समयमा तोकिदिएको न्यूनतम स्तर अनुरुप दूरसंचार सेवा संचालन गर्नु र्ने । ग) एक अनुमतिपत्र प्राप्त व्यक्तिले जडान गरेको दूरसंचार सम्वन्धी यन्त्र तथा उपकरण अर्को अनुमतिपत्र प्राप्त व्यक्तिको सहमति बेगर प्रयोग गर्न नहुने । घ) बिजुलीको पोलबाट सकभर दूरसंचार लाइन वितरण नगर्ने र बितरण गर्नु पर्ने भएमा पनि सम्बन्धित निकायको स्वीकृति लिई बिजुलीबाट सुरक्षित हुने किसिमले मात्र बितरण गर्ने । ङ) च) ग्राहकलाई दूरसंचार सेवा बितरण गर्दा ग्राहकस ँग गरिएको सम्झौता अनुरुप दूरसंचार सेवा उपलव्ध गराउनु पर्ने ।छ) फ्रिक्वेन्सी प्रयोग हुने दूरसंचार सेवाको लागि अनुमतिपत्रमा तोकिएको फ्रि क्वेन्सी मात्र प्रयोग गरी दूरसंचार सेवा संचालन गर्नु पर्ने ।ज) ग्राहकलाई उपलव्ध गराएको दूरसंचार सेवा कुनै कारणले बिग्रेमा प्राधिकरणले तोकिदिएको स्तर अनुरुप निशुल्क मर्मत सम्भार गर्नु पर्ने । झ) ग्राहकहरुको सुविधा तथा जानकारीको लागि टेलिफोन डाइरेक्ट्री लगायत दूरसंचार सम्वन्धी अन्य सामाग्री प्रकाशन गर्नु पर्ने । ञ) अन्तर्राष् दूरसंचार संघ (आई.टि.यू.) ले दूरसंचार सेवा संचालन सम्बन्धमा तोकिदिएको न्यूनतम स्तर अनुरुप हुने गरी दूरसंचार सेवा संचालन गर्नु पर्ने । २) उपनियम १) मा लेखिएदेखि बाहेक अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा संचालन गर्दा पालन गर्नु पर्ने अन्य शर्तहरु अनुमतिपत्रमा तोकिए बमोजिम हुनेछ । निरीक्षण, प्रतिवेदन तथा कार्यान्वयन १६. निरीक्षण बा जाँचबुझ गराउन सक्ने: प्राधिकरणले आवश्यक देखेमा अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारवाही वा निजले उपलव्ध गराएको दूरसंचार सेवाको सम्वन्धमा निरीक्षण वा जाँचबुझ गर्न गराउन सक्नेछ । १७. निरीक्षण वा जाँचबुझ गर्दा अपनाउनु पर्ने कार्यविधि: १) ऐन वा यस नियमावली बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारवाही वा निजले उपलव्ध गराएको दूरसंचार सेवाको सम्वन्धमा निरीक्षण वा जाँचबुझ गर्दा प्राधिकरणले कुनै विषय किटान गरी निरीक्षण वा जाँचबुझ गर्न आदेश दिएकोमा बाहेक निरीक्षकले प्रचलित कानूनको अधीनमा रही देहायका बिषयमा निरीक्षण वा जाँचबुझ गर्नु पर्नेछ:- क) प्राधिकरणले निर्धारण गरेको गुणस्तर बमोजिमको दूरसंचार सम्बन्धी यन्त्र तथा उपकरण प्रयोग गरी अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा संचालन गरेको छ छैन, ख) प्राधिकरणले तोकिदिएको न्यूनतम स्तर अनुरुप दूरसंचार सेवा संचालन भएको छ छैन, ग) अनुमतिपत्र प्राप्त व्यक्तिले प्राधिकरणबाट स्वीकृत भए बमोजिमको सेवा शुल्क उठाएको छ छैन, घ) अनुमतिपत्र प्राप्त व्यक्तिबाट ऐन वा यस नियमावली बमोजिम पालन गर्नु पर्ने शर्त अनुरुपको काम कारवाही भएको छ छैन । १८. निरीक्षको अधिकार: नियम १७ बमोजिम निरीक्षण वा जाँचबुझको सिलसिलामा निरीक्षकलाई देहाय बमोजिमको अधिकार हुनेछ:- क) दूरसंचार प्रणाली प्रयोग गरिएको ठाउँमा प्रवेश गर्न, ख) अनुमतिपत्र प्राप्त व्यक्तिसंग कुनै विवरण वा जानकारी माग गर्न, ग) अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकलाई उपलव्ध गराएको दूरसंचार सेवा तथा त्यस्तो सेवा संचालन गर्दा प्रयोग भएका दूरसंचार प्रणालीको गुणस्तर जाँच गर्न, घ) दूरसंचार सेव संचालनमा संलग्न जुनसुकै व्यक्तिसंग वयान लिन, ङ) निरीक्षण वा जाँचबुझ गर्दा अनुमतिपत्र प्राप्त व्यक्तिलाई दूरसंचार सेवा संचालन सम्वन्धमा तत्काल कुनै आदेश दिन उपयुक्त देखिएमा सो दिन, च) निरीक्षण वा जाँचबुझ सम्वन्धमा आवश्यक अन्य काम गर्न १८क. प्राधिकरणलाई जानकारी दिनु पर्ने: निरीक्षकले हृहृनियम १८ को खण्ड ङ) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिलाई कुनै आदेश दिएको भए त्यसको जानकारी तीन दिन भित्र प्राधिकरणलाई दिनु पर्नेछ । १९. निरीक्षकको आदेश पालन गर्नु पर्ने: १) निरीक्षकले नियम १७ बमोजिम निरीक्षण वा जाँचबुझको सिलसिलामा अनुमतिपत्र प्राप्त व्यक्तिलाई कुनै आदेश दिएकोमा सो आदेश बमोजिमको काम गर्नु सम्वन्धित अनुमतित्रप प्राप्त व्यक्तिको कर्तव्य हुनेछ । २) उपनियम १) बमोजिम निरीक्षकले दिएको आदेश उपर चित्त नबुझने व्यक्तिले तीस दिन भित्र प्राधिकरण समक्ष उजुरी दिन सक्नेछ र सो उजुरीका सम्वन्धमा प्राधिकरणबाट भएको निर्णय अन्तिम हुनेछ । २०. प्रतिवेदन पेश गर्नु पर्ने: १) नियम १७ बमोजिम निरीक्षण वा जाँचबुझ गरिसकेपछि निरीक्षकले निरीक्षण वा जाँचबुझ सम्बन्धी विस्तृत प्रतिवेदन हृदश दिन भित्र प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ । २) उपनियम १) बमोजिम पेश गरिने प्रतिवदेनमा अन्य कुराहरुको अतिरिक्त देहायका कुराहरु खुलाएको हुनु पर्नेछ:- क) अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारवाही वा निजले उपलव्ध गराएको दूरसंचार सेवा सम्वन्धमा निरीक्षण वा जाँचबुझ गरिएको विषय, ख) निरीक्षण वा जाँचबुझको सिलसिलामा कुनै प्राविधिक जाँच गरेको भए कुन दूरसंचार प्रणालीको जाँच गरिएको हो सो विषय, ग) अनुमतिपत्र प्राप्त व्यक्तिले ऐन वा यस नियमावली बमोजिम पालन गर्नु पर्ने शर्तहरु पालन गरे नगरेको छुट्टा छुट्टै विवरण, घ) अनुमतिपत्र प्राप्त व्यक्तिले कुनै शर्त पालन नगरेको भए के कति कारणले पालन नगरेको हो सो विषय, ङ) निरीक्षण वा जाँचबुझको सिलसिलामा अनुमतिपत्र प्राप्त व्यक्तिलाई तत्काल कुनै काम गर्न आदेश दिएको भए सो आदेश दिएको विषय र सो दिनाको कारण । २१. प्रतिवेदन कार्यान्वयन गर्ने: १) नियम २० बमोजिमको प्रतिवेदन प्राप्त भएपछि प्राधिकरणले सो सम्वन्धमा आवश्यक जा “चबुझ गर्नेछ र त्यसरी जा“चबुझ गर्दा थप जानकारी लिनु पर्ने देखिएमा प्राधिकरणले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई विवरण वा कागजात पेश गर्न आदेश दिन, आफु समक्ष उपस्थित गर्राई बयान लिन वा उपयुक्त संझेको अन्य कार्य गर्न सक्नेछ ।२) उपनियम १) बमोजिम जाँचबुझ गर्दा प्राधिकरणले अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारवाही वा निजले उपलव्ध गराएको दूरसंचार सेवाको सम्बन्धमा अनुमतिपत्र प्राप्त व्यक्तिलाई कुनै आदेश दिन उपयुक्त देखेमा सो अनुरुप काम गर्न मनासिब माफिकको समय दिनेछ र त्यसरी दिइएको आदेश अनुरुप यथासमयमा काम गर्न सम्बन्धित अनुमतिपत्र प्रापत व्यक्तिको कर्तव्य हुनेछ । दूरसंचार सम्वन्धी विवाद र त्यसको समाधान २२. प्राधिकरण समक्ष उजुरी दिन सक्ने: अनुमतिपत्र प्राप्त व्यक्तिहरु बीच वा अनुमतिपत्र प्राप्त व्यक्ति र ग्राहक बीच दूरसंचार सेवा सम्वन्धमा कुनै विवदा परेमा त्यसबाट मर्का पर्ने पक्षले त्यसको कारण समेत खुलाई प्राधिकरण समक्ष उजुरी दिन सक्नेछ । २३. अनुमतिपत्र प्राप्त व्यक्तिहरु बीच विवाद परेमा गर्ने: १) अनुमतिपत्र प्राप्त व्यक्तिहरु बीच दूरसंचार सेवा सम्बन्धमा विवाद परी नियम २२ बमोजिम प्राधिकरण समक्ष उजुरी परेमा प्राधिकरणले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिहरुलाई झिकाई आपसी छलफलबाट विवादको समाधान गर्नु पर्नेछ । २) उपनियम १) बमोजिम आपसी छलफलबाट विवादको समाधान हुन नसकेमा प्राधिकरणले सो प्रयोजनको लागि अनुमतिपत्र प्राप्त व्यक्तिहरुको एक एक जना प्रतिनिधिहरु र प्राधिकरणको एक जना प्रतिनिधि रहेको एक मध्यस्थ नियुक्त गर्नु पर्नेछ । ३) उपनियम २) बमोजिम नियुक्त मध्यस्थले विवादको समाधान गर्नको लागि आपनो कार्यविधि आफै व्यवस्थित गर्नेछ । ४) उपनियम २) बमोजिम नियुक्त मध्यस्थले पन्ध्र दिन भित्र विवादको समाधान सम्वन्धमा आपनो निर्णय गरिसक्नु पर्नेछ । ५) उपनियम ४) बमोजिम मध्यस्थले गरेको निर्णय सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिहरुलाई मान्य हुनेछ । २४. अनुमतिपत्र प्राप्त व्यक्ति र ग्राहक बीच विवाद परेमा गर्ने: १) अनुमतिपत्र प्राप्त व्यक्ति र ग्राहक बीच दूरसंचार सेवा सम्वन्धमा विवाद परी नियम २२ बमोजिम प्राधिकरण समक्ष उजुरी परेमा प्राधिकरणले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति र ग्राहकलाई झिकाई दुबै पक्षसंग छलफल गरी विवादको समाधान गर्नु पर्नेछ । २) उपनियम १) बमोजिम आपसी छलफलबाट विवादको समाधान हुन नसकेमा प्राधिकरणले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति वा ग्राहकलाई उपयुक्त संझेको कुनै आदेश दिन सक्नेछ र सो आदेश अनुरुपक& |