मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम स्थापना सम्वन्धी कार्य प्रगतिबारे नेपाल दूरसंचार प्राधिकरणवाट जारी प्रेष विज्ञप्ति

मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम स्थापना सम्वन्धी कार्य प्रगतिबारे
नेपाल दूरसंचार प्राधिकरणवाट जारी प्रेष विज्ञप्ति

मोवाइल सेटको आयात, बिक्रि वितरण तथा प्रयोगलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सम्बन्धी बिनियमावली, २०७५ अनुरुप मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको विकास, जडान तथा संचालनको लागि प्राधिकरण र M/s Nuemera (M) Sdn. Bhd.-OSI Digital Pvt. Ltd.- Namaste Global Comm Pte. Ltd. (JV) विच सम्झौता भएकोमा निज परामर्शदाताबाट मोवाइल सेवा प्रदायक, भन्सार विभाग तथा मोवाइल आयातकर्ता लगायत सरोकारवालाहरुसंग समेत छलफल गरी डिजाइन गरेको सिस्टम अनुरुपको सफ्टवेयर बिकासको कार्य सम्पन्न भएको छ | २०७६ कार्तिक ५ गते नेपाल सरकार मन्त्रिपरिषदबाट रेडियो नेपालको ललितपुर खुमलटार स्थित ४२ रोपनी जग्गा नेपाल दूररसंचार प्राधिकरणलाई उपलव्ध गराउने निर्णय भए पश्चात उक्त सिस्टम पनि खुमलटारमै स्थापना गर्ने सोच प्राधिकरणबाट तय गरिएको भएतापनि २०७६माघ महिनासम्ममा पनि रेडियो नेपालले उक्त जग्गा प्राधिकरणलाई हस्तान्तरण गर्न नसकेकोले उक्त मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम प्राधिकरणको स्वामित्वमा रहेको चावहिल स्थित जग्गामा नै राख्ने निस्कर्षमा पुगी सोही बमोजिम प्रक्रिया अघि बढाईएको छ |

बिश्वब्यापी रुपमा फैलिएको Covid 19 को बिषम परिस्थितिका कारण उक्त सिस्टमको लागि आवश्यक पर्ने प्रणाली आयातमा कठिनाई भएको साथै मलेसियाबाट उक्त सिस्टम जडान गर्न विज्ञहरु आउनु पर्नेमा अन्तर्राष्ट्रिय उडान निषेध भएको परिबेशमा बिज्ञ टोली नेपाल आउन नसकेको कारण उक्त सिस्टम जडान गरी संचालन गर्न कठिनाई भई थप समय लागेको अवस्था छ | यस बिषम परिस्थितिबाट उत्पन्न कठिनाइ तथा सोबाट सृजित प्रतिकुल असरको बाबजुद पनि पहिलो लटको उपकरणहरु आइपुगी राष्ट्रिय सूचना प्रविधि केन्द्र,सिंहदरवारमा राखिएको छ | बिज्ञ टोली नेपाल आउन नसकेको कारण यस परिस्थितिमा Remote Access को माध्यमबाट software upload गर्ने प्रयास भैरहेको र यस सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ नेपाल आउन सक्ने अवस्था भए पश्चात: उल्लेखित डिभाइस म्यानेजमेन्ट सिस्टम जडान गरी संचालनमा ल्याई मोवाइल सेटको आयात, बिक्रि वितरण तथा प्रयोगलाई थप प्रभावकारी तथा व्यवस्थित गर्न प्राधिकरण कटिबद्ध रहेको कुरा सम्बन्धित सवैमा जानकारी गराइन्छ |

मिन प्रसाद अर्याल
प्रबक्ता
नेपाल दूरसंचार प्राधिकरण
२०७७|५|२८