नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अत्यन्त जरुरी सूचना

नेपालमा कानूनले बर्जित गरेका अनलाइन प्रविधि मार्फत संचालन हुने जुवा (Betting, Gambling etc.) लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट तथा एपहरुमा पहुँच नपुग्ने व्यवस्था गर्ने सम्बन्धमा  दूरसंचार सेवा प्रदायकहरु (मोबाईल सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक लगायतका कम्पनीहरु) को लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अत्यन्त जरुरी सूचना !

मिति: २०८३ साउन ३०

 

नेपालको कानूनले अनलाइन प्रविधि मार्फत संचालन हुने जुवा (Betting, Gambling etc. e.g. 1xBet), क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, बालयौनजन्य सामाग्री, अश्लिल सामाग्रीहरु लगायतको प्रकाशन/पहुँचमा रोक लगाएको हुँदा त्यस्ता गैर कानूनी वेबसाइट तथा एपहरु नेपालभित्र संचालन हुन नसक्ने तथा पहुँच पुग्न नसक्ने गरी व्यवस्था गर्न दूरसंचार सेवा प्रदायक संस्थाहरुलाई (मोबाईल सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक लगायतका कम्पनीहरु) यसै सूचना मार्फत प्राधिकरणबाट निर्देशन जारी गरिएको छ |

यस निर्देशनको पालना नगर्ने दूरसञ्चार सेवा प्रदायक संस्थालाई दूरसंचार ऐन, २०५३ तथा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।

 

 

       नेपाल दूरसंचार प्राधिकरण

       अनुगमन महाशाखा

      जमल, काठमाडौँ, नेपाल

            फोन नं: +९७७-०१-५३५४६८१, +९७७-०१-५३५४७१७

              Email: info@nta.gov.np, URL: www.nta.gov.np