सूचना तथा सञ्चार प्रविधिमा महिला सहभागिता (Girls in ICT) सम्बन्धी सूचना

सूचना तथा सञ्चार प्रविधिमा महिला सहभागिता (Girls in ICT) सम्बन्धी सूचना

    (प्रथम पटक प्रकाशित मिति:२०८१/०१/२३)

क. Girls in ICT Program Video निर्माण सम्बन्धमा

अन्तराष्ट्रिय दूरसंचार संघको आह्वानमा विश्ववापी रुपमा प्रत्येक बर्ष सूचना तथा सञ्चार प्रविधिमा महिला सहभागिता सम्बन्धी कार्यक्रम संचालन भैरहेको सन्दर्भमा नेपालमा पछिल्लो तीन वर्षमा किशोरी तथा महिलाहरुलाई लक्षित गरी संचालन भएका सूचना तथा संचार प्रविधि क्षेत्रमा क्षमता अभिबृद्धि गर्ने,जनचेतना अभिबृद्धि गर्ने, किशोरी तथा महिला सशक्तीकरणमा टेवा पुर्याउने किसिमका विविध कार्यक्रमहरुलाई समेटी यस प्राधिकरणले संक्षिप्त भिडियो निर्माण गर्न लागेकोले उल्लेखित कार्यक्रमहरु सञ्चालन गरिरहनु भएका संघसंस्थाहरुलाई यो सूचना प्रकाशित भएको मितिले तीन दिन भित्र यस लिंकमा विवरण उपलब्ध गराउन सम्बन्धित सबैलाई आह्वान गरिएको छ |

ख. Girls or Women Led Projects/Start Ups को प्रदर्शनी सम्बन्धमा

अन्तराष्ट्रिय दूरसंचार संघको आह्वानमा विश्ववापी रुपमा प्रत्येक बर्ष सूचना तथा सञ्चार प्रविधिमा महिला सहभागिता सम्बन्धी कार्यक्रम संचालन गर्ने सिलसिलामा यस प्राधिकरणबाट किशोरी तथा महिलाहरुबाट सिर्जित सूचना तथा सञ्चार प्रविधिमुलक Projects/Startups हरुको प्रदर्शनी आयोजना गर्न लागेकोले Girls or Women Led Projects or Startups को विवरण यो सूचना प्रकाशित भएको मितिले चार दिन भित्र यस लिंकमा विवरण उपलब्ध गराउन सम्बन्धित सबैलाई आह्वान गरिएको छ |

 

यस सम्बन्धमा थप जानकारीको लागि निम्न उल्लेखित ठेगानामा सम्पर्क गर्न सकिने व्यहोरा जानकारी गराइएको छ |

 

        

नेपाल दूरसञ्चार प्राधिकरण

जमल, काठमाडौं

जि. पि. ओ. बक्स: ९७५४

फोन नं.: +९७७-१- ५३५५४७४,  Ext.  ३१८

फ्याक्स नं.: +९७७-१ ५३५५२५०

इमेल: info@nta.gov.nppdhungana@nta.gov.np

वेवसाइट: www.nta.gov.np